अब मेरो पाउ,परेर के अर्थ ???



अब मेरो पाउ,परेर के अर्थ ???
मेरो समिपमा,सरेर के अर्थ ???

माया गर्दा नि ढोका दिनेहरुले
अब पस्चाताप ,गरेर के अर्थ ???

जुन फुलले अफुलाई बस्नl दिदैन
तेही फुल अब ,झरेर के अर्थ ???

दुरी यती टाढा भयो सोच्नै नसकिने
शायद त्यस्तो खाडल,भरेर के अर्थ ???

जस्ले अब फल नदिने नै निस्चित छ
खाली त्यस्तो बिउ,छरेर के अर्थ ???

यो संसार त के आफ्नो नै मतलव छैन
फगत त्यस्तो दिल ,हरेर के अर्थ ???

-Gobinda Prayas