सबको अन्त छ!!!
|
सबको अन्त छ ,
सब लाई थाहा छ
नांगै आयो नांगै जानु छ
खाली थियो हात
आज पनि खाली छ
तर पनि मानिस कति अबुझ छ
स्वार्थ को पोका काँध मा च्यापी
रेस को जितौरे घोडा झैँ
भागी रहेछ ,भागी रहेछ
लगाम हातमा छ,रोक्न सक्छ
थाम्न सक्छ
तर मान्छे पागल छ
रोगी छ ,बिरामी छ
तर पनि दौड मा जित्नु छ
हरेक बिहानी नमन गर्छ
बिन्ति भक्छा सेवा को हैन
स्वार्थ को जयकर गर्छ
भगवान चुपचाप आँसु झर्छ
कारण स्वयम् यो रेसमा हारेको छ |
खुशीको खोजीमा मान्छे
खुशी देखि टाडीएको छ
किन भौतारिए को छ
के कुनै उपचार छ ?
समय बिते उमेर कटे
तर पनि आत्मा सुतेको छ
स्वार्थको निन्द्रामा मस्त मान्छे
अब त् चेतनाको आँखा खोला
उठा,उठाउ आफ्नु आत्मा लाई
स्वार्थको माला परा सारी
जीवन को अर्थ मा डुबा
भुल सबै बाट हुन्छ
तर बिहानी भुलेको मान्छे
सांझा फर्के तेस्को भुल माफ हुन्छ |
-Deepma Moktan Tamang
|




