बन्दमा कहाँ-कहाँ तोडफोड भयो?
![]() |
काठमाडौं, फागुन २३ (नागरिक)- मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र मातृका यादव नेतृत्वको नेकपा (माओवादी) लगायत पाँच दलले प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाउने एमाओवादी लगायतका चार प्रमुख दलहरुको तयारीको विरोधमा गरेको नेपाल बन्दमा विभिन्न ठाउँमा तोडफोड भएका छन्।
प्रहरीका अनुसार दाङ जिल्ला घोराही नगरपालिका-११ कटुवाखोलामा आज बिहान सवा ५ बजे ना.१२ प १३२८ नम्बरको मोटरसाइकलको साइडलाइट र हेडलाईट, ना.२ ख ३०३४ नम्बरको ट्रकको अगाडिको सिसा, रा.१ त ६९६ नम्बर, रा.१ त ६९७ नम्बरको ट्याक्टरको हेडलाइट, रा.१ त ६६८ र रा.१ त ६३८ नम्बरको ट्याक्टरको एयरफिल्टर र गोरखा बोर्डिङ स्कूलभित्र प्रवेश गरी स्कूलको रा.१ क ७८ नम्बरको बसको शिशा बन्दकर्ताहरुले फुटाएका छन्।
यसैगरी बन्दकर्ताहरुले बिहान १० बजे बाँके जिल्ला नेपालगंज नगरपालिका-१६ बिपी चोकस्थित कर्णाली बिकाश बैकको झ्यालको शिशा फुटाई फरार रहेको प्रहरीले जनाएको छ। त्यस्तै बारा जिल्ला पिपरा सिमरा-५ बजनी चोकमा ना.१ ज १७९४ नम्बरको टाटासुमोको बायाँ साइडको शिशा, ना.२ ख ३१०२ नम्बरको ट्रकको हेडलाइट, भवानिपुर जीतपुरमा ३ एपी ० एसटी बी २३९९ नम्बरको भारतीय ट्रकको बायाँपट्टीको झ्यालको शिशा, भटौरा-४ मा ना.३ ख ५७४६ नम्बरको बसको साइडको शिशा, ना.१ ह १०६२ नम्बरको टेम्पोको अगाडिको शिशा आन्दोलनकारीले फुटाएका छन्।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी टोलीले तोडफोड कार्यमा संलग्न छातापिपरा-४ बाट ४ जना र भवानीपुर जीतपुर-३ बाट १ जना गरी ५ जनालाई नियन्त्रणमा लिएको छ।
यसैगरी धनकुटा जिल्ला धनकुटा नगरपालिका-७ स्थित रमाइलो घुम्तीमा बिद्युत कार्यालयको को.१ ञ १०६ नम्बरको गाडी पछाडिको इन्डिकेटर बन्दकर्ताहरुले आज बिहान साढे ८ बजे फुटाएका थिए। सिन्धुपाल्चोक जिल्ला साँगाचोक-४ स्थित जनजागृति उच्च मा.वि. अगाडि आज ११४५ बजे बा.२ ख ७९९१ नम्बरको दुध बोक्ने मिनीट्रकलाई ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाएको प्रहरीले जनाएको छ।
यसैगरी सुनसरी जिल्ला इनरुवा-१ सुपर मार्केटस्थित सजा ब्युटीपार्लरमा बन्दकर्ताहरुले आज दिउँसो १४५ बजे शिशा फुटाइदिएकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कुमार सुबेदी लगायत ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मोरङ जिल्ला बिराटनगर बरगाछीचोकमा इटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको बिरामी बोकेको मोटरसाइकललाई आज १२४० बजे बन्दकारीहरुले लाठीले हिर्काई हेडलाइट फुटाएका छन्। बन्दकारीमध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि छाडिदिएको प्रहरीले जनाएको छ।