पोखरामा जंगल फेष्टिवल हुने



पोखरा, असोज ५ पोखरामा असोज २५, २६ र २७ गते जंगल फेस्टिवल हुने भएको छ । हरियो वन नेपालको धन भन्ने मूल नारा सँगै नेपालमै पहिलोपटक क्रिस इभेन्ट म्यानेजमेन्ट प्रालि नेपालले फेस्टिवल गर्न लागेको हो । प्रकृति र प्राकृतिक तत्वहरुको महत्व स्थानीयस्तरसम्म पु¥याउने तथा स्थानीय कला, संस्कृति, परम्परा र आर्थिक गतिविधिको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागिएको संयोजक शोभित बस्यालले बताउनुभयो ।

पोखरा नयाँबजारको शान्ति बनबाटिकालाई जंगल फेस्टिवलको क्षेत्र बनाईने भएको छ । फिल द जंगल भन्ने आह्वानका साथ हुने फेस्टिवलमा एडभेन्चर मूभि, वाईल्ड मेकअप, मसाज र स्पा, ट्याट्टु, हात्ती सयर, फेसन सो, फूड फेस्टिभल, म्यूजिकल सो, एक्वारियम र अस्ट्रिज स्टल समेत रहनेछ ।
त्यस्तै फेस्टिवलको आकर्षणको रुपमा एभेरेष्ट टाईगर, एक्रेब्याट्स टिम को विदेशी कलाकारहरु द्धारा फरक प्रस्तुती राखिनेछन् । झण्डै ३५ हजार दर्शकले अवलोकन गर्ने फेस्टिवल संचालनका लागि करिब २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।