कृत्रिम खुट्टाले रीमा ठमठमी हिँडिन्
![]() |
चैत ७ - 'त्यसो भयो भने म पनि ठमठमी हिँडन् सक्छु रे,' असार अन्तिम साता भित्तामा अढेस लाग्दै नौ वर्षीया बालिका रीमा पुरीले संवाददातालाई घुँडामुनिको भाग नभएको बायाँ खुट्टा देखाउँदै भनेकी थिइन, 'ममीले भनेको उपचारको कुरा हुँदैछ रे।' यिनै रीमा मंगलबार भृकुटीमण्डपस्थित राष्ट्रिय अपांग कोष अगाडिबाट ठम-ठम हिँड्दै नजिक आइन् र भनिन्, 'लौ म त हिँड्न थाले नि।'
जन्मँदै बायाँ खुट्टाको घुँडामुनिको भाग नभएकी रीमाले नौ वर्षपछि कृत्रिम खुट्टा पाएर ठम-ठम हिँडेकी हुन्। काठमाडौँ काँडाघारीस्थित सिर्जनशील बालसेवा परिवारमा चार वर्षदेखि आश्रय लिँदै आएकी पुरीको अवस्थाबारे साउन २७ को नागरिकमा समाचार प्रकाशन भएपछि राष्ट्रिय अपांग कोष शारीरिक पुनर्स्थापना केन्द्रले अपरेसनका लागि आर्थिक सहयोगसहित कृत्रिम खुट्टा उपलब्ध गराएको हो। खुट्टा नभएकै कारण अभिभावकले छाडेपछि उनी राजधानीस्थित एक बालगृहमा बस्दै आएकी थिइन्।
'छम-छम नाच्ने रहरसहितको समाचार प्रकाशित भएपछि हामीले उनको उपचारमा चासो देखायौं,' कोषका प्रबन्धक प्रचण्डमान बज्राचार्यले भने, 'खुट्टा खोच्याउँदै यहाँ आएकी उनलाई सक्षम बनाएर पठाउँदा खुसी लागेको छ।'
रीमा एकै खुट्टाको भरमा नाच्दै/गाउँदै आएकी छिन्। उनको बारेमा पत्रिका तथा एफएममा समाचार प्रकाशित भएपछि विभिन्न स्कुलका विद्यार्थीले टिफिन खर्च कटाएर रकम जम्मा गरेका थिए भने खाडीका मजदुरले तलब काटेर पठाएका थिए।
दुवै खुट्टाले हिँड्न पाउँदा रीमा रमाएकी छिन्। 'मलाई विश्वास थिएन, म यसरी हिँडन् सक्छु भन्ने,' उनले भनिन, 'अहिले त कुदौँ-कुदौंजस्तो लागेको छ।'
दुई सातादेखि कृत्रिम खुट्टा लगाएर हिँड्ने अभ्यास गर्दै आएकी उनले कुन खुट्टा नक्कली, कुन सक्कली समेत
थाहा नहुने सुनाइन्। 'मेरै खुट्टा जस्तो लागेको छ,' उनले भनिन, 'अप्ठेरो भएको छैन।' असोज २४ मा बनेपामा अपरेसन गरिएको खुट्टामा दुई साताअघि कृत्रिम खुट्टाको अभ्यास गराइएको थियो।
मंगलबार उनलाई खुट्टा जडान गरेर घर पठाइयो। 'हामीले उनलाई सक्षम बनाएर पठाएका छौं,' फिजियोथेरापिष्ट सुनीति अमात्यले भनिन्, 'ऊ हाँस्दै यहाँबाट फर्कंदा हामीलाई सन्तोष लागेको छ।'
फिजियोथेरापिस्ट देवकुमारी पराजुलीले २० वर्षको उमेरसम्म वर्षैपिच्छे कृत्रिम खुट्टा बदल्नुपर्ने बताइन्। 'उनी खुट्टाविहीन नहुन् भन्ने हाम्रो चाहना छ,' उनले भनिन्, 'यसका लागि सम्बन्धित ठाउँमा आवाज पुर्या उनेछौं।'
सहपाठीको काँधमा हात राखेर नजिकैको गान्धी आदर्श उच्चमावि आउजाउ गर्ने कक्षा ३ की यी छात्राले अब आफैं हिँडेर विद्यालय जाने बताइन्। 'म टिफिन टाइममा समेत कक्षामा एक्लै बसिरहन्थे,' उनले भनिन्, 'अब बाहिर निस्केर साथीसँग खेल्नेछु।' उनी परीक्षाको तयारीमा छिन्। 'कक्षा ४ मा त म 'डन' जस्तै हुनेछु,' उनले हाँस्दै भनिन्।
आश्रमकी सञ्चालिका उमादेवी बस्नेत पनि रीमा हिँड्न सकेकामा खुसी छिन्। 'सँधै उसलाई खुट्टाकै पीर थियो,' उनले भनिन्। खुट्टा लगाएपछि रीमाले सबै सहयोगीलाई धन्यबाद दिइन्। 'मलाई खुट्टा उपहार दिने सबैलाई धन्यबाद छ,' जाँदाजाँदै उनले भनिन्, 'पढाइमा ध्यान दिएर म अघि बढ्नेछु।'