सारीमा सल्किएको आगोले गयो ज्यान
![]() |
मन्थली, चैत्र ५ - खाना पकाउने क्रममा दाउराको आगो सारीमा सल्कदा रामेछापको कठजोरमा एक वृद्धाले ज्यान गुमाएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक फनिन्द्र प्रसाईका अनुसार कठजोर ४ पात्ले वस्ने ८५ बषर्ीया शिवमाया श्रेष्ठको ज्यान गएको हो । आइतबार खाना पकाउने क्रममा उनी जलेकी हुन् । मृतकको शव सोमबार पोष्टमार्टम गरी परिवारजनलाई वुझाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, सोमबार रामेछापको खिम्ती गाविसका ५५ बषर्ीय धनवहादुर कार्कीले विष सेवन गरी आत्महत्या गरेका छन् । मादक पदार्थ आएको सुरमा मेटासिट खाएका कार्कीलाई उपचारका लागि कीर्ने स्वास्थ्य केन्द्रमा लगिएको थियो । केन्द्रमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
्यसैगरी, आइतबार बिहान फुलासी-४ चिण्डेका ४२ बषर्ीय काजि चौहानले समेत आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन् । प्रहरी निरीक्षक प्रसाईका अनुसार तिनवटै घटनामा मृतक हुनेको शव आवश्यक प्रकृया पूरा गरी परिवारजनलाई जिम्मा लगाईएको छ ।
![]() |