मच्छिन्द्र र नेपाल आर्मीबीच १-१ गोलको बराबरी


काठमाडौं, चैत ५-सहिद स्मारक ए डिभिजन सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको मच्छिन्द्र र नेपाल आर्मी क्लबबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ।





 त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्।
आर्मीका खेलाडी जीतेन्द्र कार्कीले मध्यान्तरअघिको थप समयमा आत्मघाती गोल गरेका थिए। तर आर्मीका लागि नवयुग श्रेष्ठले मध्यान्तरपछिको थप समयमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।

यस खेलसँगै मच्छिन्द्रले ३१ औँ अङ्क जोडेको छ भने आर्मीको २९ अङ्क भएको छ।

भोलि दिउँसो ३ः३० बजे मनाङ मर्स्याङ्दी क्लबले थि्रस्टार क्लबको सामना गर्नेछ। रासस