चेल्सीका लागि लाम्पार्डको २ सय औं गोल


५ चैत, काठमाडौं । फ्राङ्क लाम्पार्डको २ सय औं गोलको मदतमा वेष्टह्यामलाई पराजित गर्दै चेल्सी इङ्ग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
टोटनह्याम फुलहमसँग १–० ले पराजित हुँदा चेल्सीले वेष्टह्यामलाई २–० ले पराजित ग¥यो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको १९ औं मिनेटमा लाम्पार्डले गोल गर्दै चेल्सीलाई अग्रता लिएए भने ५० औं मिनेटमा हेजार्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।
अर्को खेलमा बार्भाटोभको गोलको मदतमा फुलहमले टोटनहमलाई १–० ले पराजित गरेको छ भने विगानले न्यू क्यासललाई २–१ ले स्तभ्द पारेको छ ।