मोटाएका कैदीले मागे ९० दिनको छुट्टी


भारतको महाराष्ट्रस्थित पूणेको यरवदा केन्दि्रय जेलका एक कैदीले ९० दिनको विदा मागेका छन् । जेलमा बस्नेले समेत विदा मागेको कुरा आफैमा अनौठो छ ।
अझ अनौठो र रोचक कुरा त उनले विदा माग्नुको कारणबारे पो छ । २७ वर्षका आत्माराम डेन्गले नामका ती कैदीले आफ्नो मोटोपन घटाउनका लागि छुट्टी मागेका हुन् । जेलमा बलात्कारको आरोपमा ८ वर्षको जेलसजाय काटिरहेका आत्मारामले मोटोपनको उपचारमा सर्जरी गर्नुपर्ने भएपछि उपचारका लागि ९० दिनको छुट्टी माग गरेका हुन् ।
-->

उनले आफुलाई उपचारका लागि छुट्टीको व्यवस्था मिलाइदिन मुम्बइ उच्च अदालतमा मुख्य न्यायाधीशलाई चिठी लेखेका छन् । पत्रमा आत्मारामले आफु मोटोपनबाट निकै पीडित रहेको र दैनिक उठबसका लागि समेत असमर्थ भएको बताएका छन् । मलाई उपचारका लागि ९० दिनको छुट्टी चाहिएको छ, श्रीमानले छुट्टी पाउने व्यवस्था गरिदिनुहोस्, उनले लेखेका छन् ।
जेलका चिकित्सा अधिकारीहरुले पनि आफुलाई आफुलाई शल्यक्रिया गर्न सुझाव दिएको उनले बताएका छन् । आफ्नो उपचारका सुविधा स्थानीय कुनैपनि अस्पतालमा नभएकाले आफु बाहिरै गएर उपचार गराउनुपर्ने र त्यसका लागि आफुलाई तिन महिना जेलबाट विदा दिनुपर्ने उनको माग छ ।