वैद्य माओवादीको १५ दिनमा दोस्रो बन्द यस्तो रह्यो (फोटो फिचर)
![]() |
काठमाडौँ, फागुन २३ (नागरिक) - मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले १५ दिनमा दोस्रो बन्दको मार देशवासीलाई दिएको छ। साना वामपन्थी दलहरुको सहयोगमा माओवादीले यसअघि फागुन ८ गते पनि नेपाल बन्द गरिसकेको थियो। आजको बन्दका क्रममा देखिएका केही दृश्यलाई नागरिकन्युजका फोटो पत्रकारहरुले कैद गरेका छन्।

टुँडिखेलमा शिवरात्रिका लागि भइरहेको अभ्यासमा सहभागी भएर फर्किरहेका सैनिक अधिकारीहरु। तस्बिरः केशव थोकर
सिंहदरबारअगाडिको खाली बाटो पार गर्दै एक महिला। तस्बिरः दीपेश श्रेष्ठ

तीनकुनेमा यस्तो पनि देखियो। तस्बिरः दीपेश श्रेष्ठ

बन्दले सार्वजनिक सवारी साधन नचलेपछि मिनभवनमा पैदल गन्तव्यतर्फ हिँडिरहेका बटुवाहरु। तस्बिरः दीपेश श्रेष्ठ

बन्दले सार्वजनिक सवारी साधन नचलेपछि मिनभवनमा पैदल गन्तव्यतर्फ हिँडिरहेका बटुवाहरु। तस्बिरः दीपेश श्रेष्ठ

यही हो मौकाः बबरमहलमा आफ्नो बच्चालाई साइकल चलाउन सिकाउँदै। तस्बिरः दीपेश श्रेष्ठ

जसले जे सक्छ त्यहीः आफ्नो शिशुलाई बन्दमा डोर्याउँदै। तस्बिरः दीपेश श्रेष्ठ

सिंहदरबारअगाडि स्केटिङ गर्दै एक बालक। तस्बिरः केशव थोकर

जनतालाई दुःखः सिनामंगलमा सामान बोकी गन्तव्यतर्फ हिँडिरहेकाहरु। तस्बिरःविजय राई

विमानस्थलबाट आफ्नो सामान आफै बोकी गन्तव्यतर्फ लागिरहेका यात्रुहरु। तस्बिरः विजय राई

कसैले भने सामान बोक्न साधन पाए। तस्बिरः विजय राई

बन्दमा देखिएको कोटेश्वर। तस्बिरः विजय राई

ग्वार्को यस्तो देखियो। तस्बिरः विजय राई
![]() |