मन्त्रिपरिषदमा दलित समुदाय नसममेटिएको भन्दै बिरोध


काठमाडौं, चैत ८ – नवगठित चुनावी मन्त्रिपरिषदमा दलित समुदायबाट मन्त्री नबनाइएको भन्दै दलित समुदायका अगुवाहरुले बिरोध गरेका छन् ।

४८ औ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा पुर्व सभाषद विनोद पहाडीले राजनीतिक दलले दलितलाई भोट बैंक मात्रै बनाएको आरोप लगाउनुभयो ।

दलित गैरसरकारी सस्था महासघका अध्यक्ष गजाधर सुनार, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुन्जेल लगायतले मन्त्रीपरिषदमा दलितलाई समावेश नगरेकोमा बिरोध गर्नुभयो ।

यसैबीच, अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसलाई सरकारी रुपमा मनाउन माग गर्दै नेकपा एमाले लुम्विनी अञ्चल सम्पर्क कमिटीले लुम्बिनि अञ्चलका ६ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरेको छ ।

जातीय विभेद उन्मुलन सम्बन्धि राष्ट्रसंघीय अभिसन्धिमा हस्ताक्षर गरे पनि २१ मार्चमा पर्ने अन्तराष्ट्रिय जातीय बिभेद उन्मुलन दिवसलाई सरकारी तहबाट चासो नदिएको भन्दै लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा समता सदभाव र्‍याली सहितका विभिन्न कार्यक्रम गरिएको एमाले लुम्विनी अञ्चल ईन्चार्ज छबिलाल विश्वकर्माले जानकारी दिनुभयो ।