ट्वाइलेटको सफाइ
![]() |
घरको ट्वाइलेट सफा छैन भने सही अर्थमा त्यो घर सफा नभएको मानिन्छ । धेरैजसो मानिस आफू बस्ने कोठा, पाहुना कोठा आदि सफा राख्छन् तर ट्वाइलेटको सफाइमा पर्याप्त ध्यान दिँदैनन् । यसो गर्नु गलत हो । ट्वाइलेट सफा गर्नु धेरै आवश्यक छ । ट्वाइलेट घरका सबै सदस्यले प्रयोग गर्छन् । त्यसैले यो पटक-पटक फोहोर हुन्छ । यदि समयमै ठीक तरिकाले सफा भएन भने ट्वाइलेट घातक बिरामीको कारक हुनसक्छ ।
बिरामी तथा इन्फेक्सन
फोहोर ट्वाइलेटले धेरै रोग लाग्ने तथा इन्फेक्सन हुन सक्छ । यदि एकपटक कुनै इन्फेक्सन भए स्वस्थ हुन धेरै समय लाग्छ । फलस्वरूप शरीरको इम्युन सिस्टम -रोगसँग लड्न सक्ने क्षमता) पनि कमजोर हुन्छ । फोहोर ट्वाइलेट सीटमा ब्याक्टेरिया तथा कीटाणु छिट्टै फैलन्छन् । यसले गर्दा डायरिया, हैजा, टाइफाइड, स्किन इन्फेक्सनका साथै युरिन इन्फेक्सन आदि हुन सक्छ । यस्तो रोगले बालबालिकालाई छिट्टै आक्रमण गर्न सक्छ ।
स्वच्छतामा ध्यानं
ट्वाइलेटको स्वच्छतामा विशेष ध्यान पुर्याउनुपर्छ । ट्वाइलेट सफा गर्दा सफाइका साथै कीटाणुमुक्त पनि बनाउनुपर्छ । साधारणतया ट्वाइलेट सीटमा ब्याक्टेरिया लेउका रूपमा बस्छ जसलाई कीटाणुमुक्त बनाउन राम्रो कम्पनीको ट्वाइलेट क्लिनर प्रयोग गर्नुपर्छ । बजारमा धेरै किसिमका ट्वाइलेट क्लिनर्स पाइन्छन् । ट्वाइलेट क्लिनरले राम्रोसँग ट्वाइलेट सफा गरी सुगन्ध प्रदान गर्छ ।
ट्वाइलेट पूर्णरूपमा सफा गर्नु आवश्यक छ । ट्वाइलेटको भुइँ सफा हुनुपर्छ । ट्वाइलेट सीटको भित्र-बाहिर ट्वाइलेट क्लिनर राम्रोसँग लगाएर करिब आधा घन्टा त्यत्तिकै छोडिदिनुपर्छ ।
केही महत्वपूर्ण कुरा
ट्वाइलेट सफा तथा प|mेस राख्न यस्तो क्लिनर प्रयोग गर्नुपर्छ जसले कडा दाग हटाउनुका साथै गन्ध हटाएर प|mेसनेस महसुस गराओस् ।
हप्तामा एकपटक ट्वाइलेट सीटको भित्र-बाहिर राम्रोसँग सफा गर्नुपर्छ ।
ट्वाइलेट सफा गर्न ब्रस प्रयोग गर्नुपर्छ । यसले कडा दाग-धब्बा सजिलै
सफा गर्छ ।
एसिड तथा फिनेलजस्ता पुराना प्रविधि छोडेर आधुनिक तरिकाले बनाइएको ट्वाइलेट क्लिनर प्रयोग गर्नुपर्छ । यसले ट्वाइलेट स्वच्छ तथा चम्किलोका साथै कीटाणुमुक्त बनाउँछ । यसले सुविधाजनक रूपमा ट्वाइलेट सफा बनाउँछ । यो लगाएको केही मिनेटमै ट्वाइलेट सफा हुन्छ ।
ट्वाइलेटलाई स्वच्छ तथा गन्धरहित बनाउन ट्यांकमा ट्वाइलेट बाउल टेबलेट्स राख्नुपर्छ ।
कमन बाथरुम छ भने बाथरुममा लगाउने चप्पललाई ट्वाइलेट बाहिर राख्नुपर्छ । यसो गर्दा कीटाणु घरको
अरू कुनै ठाउँमा जान सक्दैनन् ।
बालबालिकाहरूलाई ट्वाइलेट प्रयोग
गर्न सिकाउनुपर्छ ।
ट्वाइलेट सफा गर्दा हातमा पन्जा लगाउनुका साथै मुख तथा टाउको पनि छोप्नुपर्छ । यसो गर्दा कीटाणु शरीरमा पस्न सक्दैनन् । बाथरुम सफा
गरेपछि नुहाउनुपर्छ ।
ट्वाइलेटलाई सुख्खा राख्नुपर्छ । बाथरुममा पानी जम्यो भने छिट्टै कीटाणु पैदा हुन्छन् र बाथरुम गन्हाउन सक्छ । यसका लागि व्राइपर राख्नुपर्छ ।
अन्य ठाउँको तुलनामा ट्वाइलेटमा धेरै कीटाणु हुन्छन् । त्यसैले ट्वाइलेटको सफाइमा विशेष ध्यान पुर्याउनुपर्छ । स्वच्छताले पनि हामीलाई धेरै रोगबाट बचाउन सक्छ ।
बाथरुमको हेरचाह
बाथरुम हाम्रो जीवनको अभिन्न अंग भएको छ । एट्याच्ड बाथरुमको अवधारणासँगै बाथरुम तथा ट्वाइलेट एउटै ठाउँमा हुन्छ । ट्वाइलेट तथा प्यान दैनिक सफा गरे पनि निश्चिन्त हुन सकिँदैन । बाथरुममा भएका अन्य सामानको सरसफाइमा पनि विशेष ध्यान पुर्याउनुपर्छ । बाथरुममा भएका धारा, टायल, बेसिनका साथमा ट्वाइलेट सफा गर्ने ब्रस पनि सफा हुनुपर्छ ।
ट्वाइलेट ब्रस ः प्लास्टिकको ट्वाइलेट ब्रस लिनुपर्छ । मेटलको ब्रसले ट्वाइलेट प्यान अथवा कमोड कोरिने डर हुन्छ । बाथरुमको टाइल, प्यान तथा कमोड सफा गरिसकेपछि ब्रसलाई राम्रोसँग पखालेर राख्नुपर्छ ।
पानी पास हुने ठाउँ ः कहिलेकाहीँ नुहाउँदा पानी पास हुने ठाउँमा रौं जम्मा हुन्छन् र पानीको निकास रोकिन्छ । यसका लागि समय-समयमा पानी पास हुने ठाउँ पनि सफा गर्नुपर्छ । पानी पास हुने ठाउँ थुनिए बेकिङ सोडा प्रयोग गर्न सकिन्छ । तातोपानीसँग बेकिङ सोडा प्रयोग गर्दा राम्रोसँग पानी पास हुन्छ र राम्रो वासना पनि आउँछ ।
ऐना ः हाम्रो दैनिकी बाथरुमबाट प्रारम्भ हुन्छ । त्यसमा पनि ऐनाअगाडि उभिएर प|mेस हुन हामीमध्ये धेरैलाई रमाइलो लाग्छ । यसका लागि हामीले प्रयोग गरेको बाथरुमको ऐना सफा हुनु आवश्यक छ । नुहाउँदा तातोपानीको बाफ, हेयर जेल, सेभिङ क्रिम, टुथपेस्ट आदिले ऐना फोहोर तथा मधुरो देखिन्छ । ऐनालाई भिजेको नरम कपडाले पुछी सुख्खा अखबारले सफा गर्नुपर्छ । अल्कोहलमा मखमलको कपडा भिजाएर पनि ऐना सफा गर्न सकिन्छ ।
धारा ः धारा राम्रोसँग मेन्टेन नगर्दा भद्दा तथा नराम्रो देखिन्छ । बाथरुम सफा गर्दा धारा पनि सफा गर्नुपर्छ । सधंै नयाँ तथा चम्किलो देखिने धाराले बाथरुमको सुन्दरता बढाउँछ । धारा सफा गर्न भेनेगर प्रयोग गर्न सकिन्छ ।
सावर हेड ः बाथरुम सफा गर्दा सावर हेड सफा गर्न बिर्सनु हुँदैन । कडा पानी त्यसमा पनि लाइम र मिनरल भएको पानीले सावर हेडको प्वाल बन्द गर्ने हुँदा प्रेसर कम भएर पानी कम आउन सक्छ । यसका लागि भेनेगरलाई तातो बनाई त्यसमा सावर हेडलाई करिब १ घन्टा डुवाउनुपर्छ । त्यसपछि टुथब्रसको सहयोगले प्वाल सफा गरेर पानीले धुन सकिन्छ ।
ब्रास फिक्सर ः ब्रास फिक्सर बाथरुममा सुन्दर देखिन्छ तर यसका साथमा केही कुरा जोडिएर आउँछन् । यसलाई सधैं पोलिस गर्न सकिँदैन । सफा नगरेको खण्डमा यसले बाथरुमलाई नै कुरुप बनाउँछ । यसलाई सधैं चम्किलो राख्न कागती काटेर नुनका साथ कपडाले सफा गर्नुपर्छ । सफा गरिसकेपछि सुख्खा हुने गरी पुछ्नुपर्छ ।
टाइल, सिङ र ट्युब ः टायल, ट्युब तथा सिङमा पनि खिया लाग्न सक्छ । कागतीको रस खिया लागेको ठाउँमा ३० मिनेट राखेर सफा गर्न सकिन्छ । त्यसका साथै यसलाई भेनेगरको रसले पनि सफा गर्न सकिन्छ ।
बाथरुमको ढोका ः नुहाउँदा, हातखुट्टा सफा गर्दा साबुन तथा सावर जेल चारैतिर फैलिन्छ । टायल, धारा, साबुन राख्ने बट्टा, बाथरुमको ढोका आदि त्यसै पनि फोहोर देखिन्छ । यसका लागि नुहाएपछि सबै ठाउँ पानीले पखालेर सुख्खा कपडाले पुछ्नुपर्छ । बाथरुम प्रयोग गरेपछि नियमित सफाइ गरे दाग बस्न पाउँदैन ।
![]() |