चिया गिलासमा बच्चाले थुक्दा सर्यो ‘मञ्जरी’
![]() |
विदेशी भाषाका सिनेमालाई सामान्य तबरबाटै प्रदर्शन अनुमती दिदै आएको चलचित्र सेन्सर बोर्डले नेपाली चलचित्रलाई पनि शत्रुको व्यवहार गर्न थालेको छ ।चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मञ्जरी’ पनि सेन्सरको झमेलामा फसेको छ । चलचित्रमा समावेश सामान्य भन्दा सामान्य दृश्यमाथी सेन्सरले कैची लगाउन खोजेपछि यो सिनेमाको प्रदर्शनको मिति सारिएको निर्माणपक्षले बताएको छ । बच्चाको पछाडीबाट आधा शरिर मात्र देखाएर उसले चियाको गिलासमा थुकेको, पिसाब फेरेको , पिटेको दृश्य सेन्सरले काट्न भनेपछि निर्माणपक्ष आक्रोशित भएको हो ।
सेन्सर सर्टिफिकेट वुधबारसम्म पनि नपाएपछि निर्माणपक्षले चलचित्रलाई एक महिना पछाडी सार्ने निर्णय गरेको हो । निर्माता महेश चालिसेले वैशाखमा राम्रो समय खोजेर चलचित्र प्रदर्शन गर्ने बताए ।
![]() |