ट्वान्टी २० मा नेपालको जित
![]() |
काठमाडौं, फागुन २१ (नागरिक)- अर्को महिना काठमाडौंमा हुने एसिसी ट्वान्टी-२० कप र त्यसपछि बर्मुडामा हुने विश्व क्रिकेट लिग डिभिजन ३ को तयारीलाई भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ट्वान्टी-२० अभ्यास खेलमा विजय हात पारेको छ।
नेपालले भारत नगर कोचिङ सेन्टरलाई ६ विकेटले पराजित गर्यो। टस जितेर पहिला ब्याटिङ गरेको भारत नगरले ६ विकेट गुमाई नीर्धारित २० ओभरमा १ सय २८ रन बनायो। ज्ञानेन्द्र मल्लको अविजित ४९ रनमा नेपालले ४ बल अगाडी लक्ष्य पूरा गर्यो।
ज्ञानेन्द्रले ४३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे। उनीसँगै ११ बलमा १ चौका प्रहार गरी १३ रन बनाएका शरद भेषावकर अविजित रहे। विनोद भण्डारीले २६ बलमा २ चौका र २ छक्कासहित ३४, सुवास खकुरेल १४, सागर पुन ३ र पृथु बास्कोटाले १ रन बनाए। भारत नगरका सही खत्री, सुरज राई र प्रवेश चिकाराले १/१ विकेट लिए।
यसअघि भारत नगरबाट लुभ सेहरावतले अविजित ५४ रन बनाएका थिए। उनले ४३ बल खेली ३ चौका र ३ छक्का प्रहार गरे। शक्ति सिंह १९, हितेश दलाल १३, सिद्धार्थ सेवाग ११ रनमा आउट भए। नेपालबाट अमृत भट्टराई र जीतेन्द्र मुखियाले २/२ विकेट लिए। अमृतले ४ ओभरमा १ मेडन राख्दै १७ र जीतेन्द्रले ४ ओभरमा ३६ रन खर्चे। शक्ति गौचन र बसन्त रेग्मीले १/१ विकेट लिए।
नेपालले दिल्लीमै सोमबार तलवार क्रिकेट एकेडेमीसँग दोस्रो ट्वान्टी-२० अभ्यास खेल खेल्ने छ। खेल डे नाइट हुनेछ।
![]() |