'महाधिवेशन दलितको, प्रतिस्पर्धा बाहुनको'
![]() |
राजु अधिकारी, झापा फागुन २४ - कांग्रेस भ्रातृ संस्था नेपाल दलित संघको चौथो महाधिवेशनमा नेतृत्व छनोट चलिरहँदा सहभागी भन्दै थिए, 'महाधिवेशन दलितको हो तर चुनाव बाहुनको हुने भयो।' भयो पनि त्यस्तै।
सबै शीर्ष नेतासहित केन्द्रीय समितिका अधिकांशले ज्यादै महŒव दिएको यो महाधिवेशनमा नेतैपिच्छेका फरक उम्मेदवार थिए। सबै नेताले प्रतिनिधि खटाएर आफ्ना उम्मेदवार जिताउने कसरत गरेका थिए। त्यसमा मीन विश्वकर्माले बाजी मारे।
वरिष्ठ नेता शेरबहादुर देउवाको समर्थन रहेको उनको प्यानलबाट पाँच उपाध्यक्षसहित बहुमत सदस्य विजयी भए। विश्वकर्माले संघका बहालवाला अध्यक्ष खड्ग बस्याललाई चुनावी प्रतिस्पर्धामा हराएका हुन्। विश्वकर्माले २ सय ९१ मत प्राप्त गरेका थिए भने बस्यालले २ सय ४२ मत प्राप्त गरे। बस्याल सभापति सुशील कोइरालाका उम्मेदवार थिए। आफैंले उद्घाटन गरेको र जसरी पनि बस्याललाई जिताउन भित्री निर्देशन दिएर गएका कोइरालाको निर्देशन दलित सहभागीले भोटमार्फत लत्याइदिए।
१९ गते उद्घाटन सकेर पनि अधिकांश नेता महाधिवेशनस्थलमै थिए। 'जातीय असन्तोष चुलिएका बेला दलितमा कसको पकड बनाउने भन्ने होड थियो,' एक कांग्रेस नेताले चुनावी परिणामपछि भने, 'नतिजा देउवा पक्षमा गयो।'
शनिबार पार्टीका सबै शीर्ष नेता उपस्थित भएर झापा बिर्तामोडमा सुरु भएको संघको चौथो महाधिवेशन सुरुमा सहमतिमा नेतृत्व छान्ने तयारीमा थियो। तर, हरेक नेताका आफ्नै उम्मेदवार भएपछि चुनावमार्फत नेतृत्व चयन भएको हो।
मंगलबार दिनभर चलेको मतदानको नतिजा बुधबार बिहान आएको थियो।
सुरुमा पाँच प्रत्यासी भए पनि सहमतिमार्फत दुईमा झारिएको थियो। विभिन्न पदमा भएको निर्वाचनबाट ६१ जना निर्वाचित भएका छन्। निर्वाचित भएमध्ये ४२ जनाभन्दा बढी देउवा प्यानलका छन्।
निर्वाचनमा विश्वकर्मा र बस्यालका अलगअलग प्यानल थिए। संसदीय चुनावजस्तो गरी भिडेका उनीहरुले एकअर्काविरुद्ध आक्रामक शैली अपनाएका थिए।
उपाध्यक्षमा विक प्यानलका रामकृष्ण लकान्द्री (पूर्वाञ्चल), शम्भु हजारा पासवान मध्यमाञ्चल, लोकेन्द्र विक (पश्चिमाञ्चल) बाट विजयी भएका छन् भने मध्यपश्चिमाञ्चलबाट बस्याल प्यानलका कृष्ण विक र सुदूरपश्चिमाञ्चलबाट छत्रबहादुर टेलर विजयी भए।
महाधिवेशनबाट महिला उपाध्यक्षमा विष्णुमाया परियार, मधेसी उपाध्यक्षतर्फ रामचन्द्र महरा विजयी भए।
६ सय २५ प्रतिनिधि सहभागी निर्वाचनमा ५ सय ५५ मत खसेको थियो। महासचिव, सचिव र कोषाध्यक्ष निर्वाचित सदस्यबाट कार्यसमितिले चयन गर्ने संघको विधान छ।
यसैगरी, १४ जना अञ्चल सदस्य, १५ जना खुला २ मधेसी महिलासहित आठजना महिला, २ महिलासहित ७ जना मधेसी, पिछडिएको क्षेत्रबाट १ महिलासहित तीनजना अपांगता भएकाबाट एकजना र अल्पसंख्यकबाट एक गरी ४९ जना सदस्य चयन हुनेमा ६४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिएका छन्।
अन्य सबै पदमा निर्वाचन भए पनि मेची अञ्चल सदस्यमा भने हस्त परियार निर्विरोध निर्वाचित भएका थिए।