अष्ट्रेलियाविरुद्ध टेष्ट श्रृखला भारतले जित्यो
![]() |
५ चैत, काठमाडौं । अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट भारतले ६ विकेटले जितेको छ । यससँगै भारतले चार म्यातको श्रृखला ३-० ले जितेको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य भारतले दोस्रो पारीम मात्र ४ विकेटकेा क्षतिमा भेट्टायो । कप्तान महेन्द्रसिंह धोनीले लगातार ३ चौका हानेपछि १५ बल बाँकी छँदा भारत विजयी भयो । भारतका लागि विराट कोहलीले ३४, चेतेश्वर पुजाराले २८ र मुरली विजयीले २६ रन बनाए ।
यसअघि भारतले अष्ट्रेलियालाई दोस्रो पारीमा २ सय २३ रनमा समेटेको थियो । अष्ट्रेलियाली कप्तान माइकल क्लार्क यो सिरिजमा पाँचौ पटक रविन्द्र जडेजाको शिकार भए । ३ विकेटको क्षतिमा बनाएको ७५ रनबाट पाँचौं दिनको खेल थालेको अष्ट्रेलिया २ सय २३ रन बनाउँदा अल आउट भएको थियो ।
अष्ट्रेलियाले पहिलो पारमिा ४ सय ८ रन बनाएको थियो भने भारतले शिखर धवन र मुरली बिजयको शतकको मदतमा ४ सय ९९ रन बनाएको थियो ।
![]() |