शिक्षकलाई बालिका बलात्कार गरेको अभियोग


तनहुँ, चैत्र ५ - दमौलीको निर्मल उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउदैँ आएका शिक्षक जीवन लम्साल बालिका बलात्कारको अभियोगमा पक्राउ



परेका छन्। छिपछिपे गाविसकी १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।



चैत्र ३ गते केशवटार पुगेर दमौली फर्किने क्रममा लम्सालको मोटरसाइकलमा सँगै चढेर आएकी बालिकालाई लम्सालले दमौलीमा नरोकि पोखराको होटलमा लगेर जबरजस्ती गरेको अभियोग बालिकाका परिवारले लगाएका छन्। दमौलीमा बसेर एसएलसी परीक्षा दिँदै आएकी दिदीलाई खर्च र केही समान लिएर आएकी १४ वर्षीया बालिकाले मोटरसाइकलमा सहायता मागेर दमौलीसम्मका लागि भन्दै आएकी थिइन्।

लम्सालले दमौलीमा मोटरसाइकल नरोकी पोखराको पृथ्वीचोकस्थित सन्तोषी लजमा लगेर बालिकालाई जबरजस्ती यौन क्रियाकलाप गरेको बालिकाले उजुरी दिएको प्रहरी नायव उपरीक्षक टिकाबहादुर केसीले बताए। घटनाकी पीडित बालिकाको स्वास्थ्य परीक्षण गराई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाएको केसीले बताए। उनले भने, 'घटनास्थल कास्कीमा भएकाले घटनालाई कास्की प्रहरीमा पठाएका हौँ।'