जन्ति गएका पुरुषको ज्यान गएपछि किरियापुत्री महिला


२४ फागुन,पाल्पा । महिला किरियामा बस्नु सामाजिक तथा धार्मिक मान्यता विपरीत मानिन्छ । तर, गाउँमा कोही पुरुष नभएपछि पाल्पा चिदिपानी ७ बुढिकोटका महिला आफैँ किरिया बसेका छन् ।
गत आइतबार भएको दुर्घटनामा १५ जनाको ज्यान गएपछि गाउँमा किरियाँ बस्ने पुरुषसमेत नभएका हुन् । बाँचेका पनि घाइते भएर अस्पतालको शय्यामा पुगेकाले महिला आफैं किरिया बसेका हुन् ।
केशबहादुर चर्तीको बिहेपछि ढोगभेट गरेर फर्किदै गरेको बस दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा अधिकांश पुरुष रहेका छन् । बाबा र दाई गुमाएका बेहुला केशबहादुरको घरमा आमा जीवकुमारी, भाउजु मिनाकुमारी चर्ती किरिया बसेका छन् । बेहुला केशबहादुर र बेहुली बिष्णुकुमारीसहित भतिजी भूमिका मिसन अस्पताल पाल्पामा उपचारका लागि भर्ना भएका छन् ।
उता सो दुर्घटनामा ज्यान गुमाएका अमरबहादुर जर्घाका तीन भाई छोरा भए पनि किरिया भने श्रीमतीले मात्र गर्नुपर्‍यो । उनका दुई भाई छोरा बिदेमा छन् । घरमा भएका छोरा बिष्णु र बुहारी घाइतेभएपछि उपचार गराइरहेका छन् । वेदबहादुर विरकट्टाको घरमा पनि दुई जनको मृत्यु भएपछि आमा छोरा नै किरिया बसेको बिहीबारको नयाँ पत्रिकामा खबर छ ।
-->

दुर्घटनाको छानबिन गर्न समिति
‘पश्चिम नेपाल बस व्यवसायी संघले आईतबार राती पाल्पामा भएको सवारी दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको छ । संघले सो दुर्घटनापछि आएका समाचारलाई गम्भीरतापूर्वक लिँदै छानविन समिति गठन गरेको जनाएको छ ।