कार्बनका नयाँ मोबाइल सेट

-->




-->


काठमाडौ, फाल्गुन १० - एलाइड ट्रेड लिंक इन्टरनेसनलले कार्बन मोबाइलका नयाँ सेट नेपाली बजारमा ल्याएको छ । नयाँ सेटमा ए २, के १०५ र के ४५ प्लस छन् । ए सिरिजका मोबाइल एन्ड्रोइड ओएसयुक्त छन् भने के सिरिजका सेट मल्टिमिडिया सुविधायुक्त छन् ।
ए २मा २.३.६ जिन्जरब्रेड ओएस छ । यसमा १ गिगाहर्जको प्रोसेसर, दुई जीएसएम सिम लाग्छ । यस्तै के ४५ प्लसमा दुई सिम, भिडियो रेकर्ड, मल्टिमिडिया, ब्लुटुथ, क्यामकोडर, यूएसबी सपोर्ट र ८ जीबीसम्म बढाउन मिल्ने मेमोरी छ । अर्को नयाँ सेट के १०५ मा दुई सिम, ब्लुटुथ, एफएम, क्यामेरा, भिडियो रेकर्ड र ४ जीबीसम्म बढाउन मिल्ने मेमोरी छ ।