बेलायतमा बेरोजगारको सङ्ख्या घट्यो
|
लन्डन, फाल्गुन १० - आर्थिक मन्दीको मारमा परेको युरोपेली क्षेत्रमा बेरोजगारीको सङ्ख्यामा बृद्धि भइरहेका बेला बेलायतमा भने सो सङ्ख्यामा केही कमी आएको सङ्केत मिलेको छ ।
डिसेम्बरमा समाप्त त्रैमासिकमा बेलायतको बेरोजगार सङ्ख्या घटेको बिहीबार सार्वजनिक गरिएको तथ्याङ्कमा देखाइएको समाचारमा उल्लेख छ ।
सोही अवधिमा काम गर्ने मानिसको सङ्ख्यामा वृद्धि भएर नयाँ तथ्याङ्क बनेको उक्त समाचारमा जनाइएको छ ।
अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कामबिहीन मानिसहरूको सङ्ख्या १४ हजारले घटेर २५ लाख भएको अफिस फर नेसनल स्टयाटिस्टिक्स (ओएनएस) ले जनाएको छ ।
-->
-->
काम गर्नेहरूको एक लाख ५४ हजारले बढेर दुई करोड ९७ लाख पुगेको छ । जनवरी महिनामा बेरोजगार भत्ताको दाबी गर्ने मानिसहरूको सङ्ख्या १२ हजार पाँच सयले घटेर एक १५ लाख ४० हजार भएको छ ।
ओएनएसका अनुसार समग्रमा बेलायतमा दुई करोड ९७ लाख ३० हजार रोजगारीको अवस्थामा छन् भने त्यसमा ७३ प्रतिशतले पूर्णकालीन रुपमा रोजगारी पाएका र २७ प्रतिशतले अल्पकालीन रुपमा काम गरिरहेका छन् ।
डिसेम्बरमा समाप्त भएको तीन महिनामा बेरोजगार दर घटेर सात दशमलव आठ प्रतिशत थियो । सोभन्दा अघिल्लो त्रैमासिकमा यो सात दशमलव नौ प्रतिशत थियो ।
आँकडाहरूबाट के थाहा भएको छ भने वित्तीय सङ्कट र त्यसपछिको लगत्तैको सन् २००८ को मन्दीयता बेलायतको अर्थतन्त्रलाई परिवर्तन गरिएको छ ।
ओएनएसका अनुसार सन् २०१२ को अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा पूर्णकालीन रुपमा रहेका रोजगारको सङ्ख्या मन्दीको पहिलो त्रैमासिकको रूपमा रहेको सन् २००८ को अपि्रलदेखि जुनसम्मको त्रैमासिकभन्दा तीन लाख ७८ हजारले कम रहेको छ ।
तरपनि अल्पकालीन रुपमा रोजगारको सङ्ख्या सोही अवधिको तुलनामा पाँच लाख ७२ हजारले बढी रहेको उक्त समाचारमा जनाइएको छ ।
पन्ध्र हजारभन्दा कम मानिसलाई एक वर्षभन्दा बढीदेखि बेरोजगार बनाइएसँगै दीर्घकालीन बेरोजगारीको सङ्ख्या पनि घटेर आठ लाख ७९ हजार भएको छ ।
तलब वृद्धिको तुलनामा मुद्रास्फीति उच्च रहेसँगै तलबको वास्तविक मूल्यमा कटौती भइरहेको पनि समाचारमा जनाइएको छ । लेबर पार्टीका पेन्सन्स सचिव लियाम बायर्नले त्यसको जवाफमा भन्नुभयो- "निर्वाचनयता मानिसहरूको औसत एक हजार २०० पाउन्ड तलब कटौती भएको छ । किनकी रोजगारहरू आउन अति कठिन भएको छ र हामीले अहिले पनि प्रत्येक एक रिक्त पदका लागि पाँच जनाभन्दा बढीले पछयाइरहेको देखेका छौँ ।"
यो अवस्थाका बाबजुत पनि कामविहीन महिलाहरूको सङ्ख्या वृद्धि भएको र दीर्घकालीन बेरोजगारी अहिले पनि ठूलो सङ्ख्यामा रहेको समाचारमा जनाइएको छ ।
|

.jpg)


