सबैले राजनीति गरेपछि अनि कहाँबाट हुन्छ विकास?
![]() |
नेपाली राज्यको आधुनिकीकरणसँगै अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने उद्योगी व्यवसायीका रूपमा चिनिनुहुन्छ इन्द्रभक्त श्रेष्ठ। ९० वर्षको उमेरमा पनि व्यावसायिक वातावरणको निर्माणमा सजग र सचेत श्रेष्ठले नेपालका उद्योगी-व्यवसायीको संगठन चेम्बर अफ कमर्सको गठनमा अग्रणी भूमिका निर्वाह गर्नुभएको मात्र होइन, चार पटकसम्म चेम्बर र एक कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा चुनिएर व्यावसायिक नीति निर्माणमा योगदान दिनुभएको छ। नेपालको आर्थिक विकासलाई ऐतिहासिक परिप्रेक्ष्यमा हेर्ने क्रममा यसपटक किशोर नेपालले श्रेष्ठसँग गर्नुभएको वार्ताको विवरण :
तपाईंले भोग्नुभएको झण्डै नौ दशक लामो जीवनमा नेपालमा धेरै ठूलो उथलपुथल देख्नुभएको छ- राणा शासनदेखि गणतन्त्रसम्म। पछाडि फर्केर हेर्दा यो यात्रा कस्तो लागिरहेको छ?
धेरै फरक। राणा शासन, प्रजातन्त्र, पञ्चायत फेरि प्रजातन्त्र अनि गणतन्त्रको अनुभव गरेँ। धेरै फरक-फरक अनुभव गरेँ। सबै अनुभव आ-आफ्नो हिसावले रमाइलो छ। कुनै सारै दुःखद छन्, कुनै सुखद्। सबैभन्दा बढी अनुभव गरेको कुरा समयको फेरबदल हो। उतिबेला समाज अनुशासित थियो। अहिलेको समाजमा अनुशासन छैन। मान्छेमा इमानदारी र कर्तव्यप्रतिको निष्ठा कम भएको छ। पहिलेको समाजमा फट्याइँ, भ्रष्टाचार थिएन। अहिले यो सबै बढेको छ।

किन यस्तो भयो जस्तो लाग्छ?
राणा शासनमा धेरै अनुशासन थियो। देशको आयस्रोत जति शासकहरुले आफ्नो पकेटमा राख्नेबाहेक राणा शासनका अरु धेरै कुरा ठिक थिए। न्याय पनि छिटो छिटो दिन्थे। तर मुखको हुकुम चल्ने भएकाले शासकहरुको कहिलेकाहीँ सोच्दै नसोची बोल्ने बानीले अफ्ठ्यारो बनाउँथ्यो। बोलेपछि बोल्यो। ठिक बेठिकको मतलव नै गर्दैनथे। २००७ सालपछि प्रजातन्त्र आयो। प्रजातन्त्र आउन २००४ सालको आन्दोलनले धेरै महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसमा मैले पनि भाग लिएको थिएँ।

तपाईंले देशको राजश्व खल्तीमा हाल्ने चलनबाहेक राणा शासनको अरु सबै कुरा ठिक थियो भन्नुभयो। तर त्यो बेलामा तपाईंहरू जस्ता साहू महाजनले पनि निगाहामा बाँच्नुपर्थ्यो, हैन?
त्यो त हो। उनीहरुलाई खुसी पार्न सक्यो भने सबै काम हुन्थ्यो। नत्र त केही पनि हुँदैन थियो। चाकरी गर्नुपर्थ्यो। उनीहरू बिहान घोडा चढेर आउँथे टुँडिखेल घुम्न। उनीहरु आउने बाटोको चोक चोकमा चाकरी गर्नेको लाम नै हुन्थ्यो। अलि बढी सम्पर्क भएका र दरवारका कर्मचारीसँग नाता जोडिएकाहरु दरबारको ढोकामा पुगेर चाकरी गर्थे। शासकहरु खुसी भए भने जे पनि दिनसक्थे। बक्सिसका रूपमा जागिरदेखि जंंगल र जमिनसम्म बा"डिन्थ्यो।
प्रजातन्त्र आएपछि के परिवर्तन भयो त?
प्रजातन्त्र आएपछि हुकुमी शासनको अन्त्य भयो। राणा शासनमा अड्डाको एउटा सामान्य कर्मचारीको पनि ज्यू, ज्यू गर्नुपर्थ्यो। शासकको सनकमा शासन हुने भएकाले व्यापार व्यवसायको विकास हुने सम्भावना नै थिएन। त्यो सबै हटाउनकै लागि पनि हामीले प्रजातन्त्र ल्याउन पहल गरेका थियौँ। विधिको शासन स्थापनाका लागि नै सात सालको क्रान्ति भएको थियो। क्रान्तिकै सिलसिलामा भारतीय दूतावासमा शरण लिन पुगेका राजा त्रिभुवन भारतबाट नेपाल फर्किंदा हामी स्वागत गर्न एयरपोर्ट पुगेका थियौँ। त्यहा" विशाल भिड लागेको थियो। पार्टी र संघ-संस्थाका मानिसहरु राजाको दर्शन भेटमा थिए। हामीले राजासँग दर्शन भेट पाएनौं। त्यहीबेला हामी व्यापारीले पनि संगठन खोल्नुपर्छ भनेर सल्लाह गरेका थियौँ। त्यसको केही समयपछि नै हामी वनिक मण्डलको नामले संगठित भएका हौं।

प्रजातन्त्र आएपछि म पनि केही हुँ भन्ने सोच आयो होला तपाईंमा, होइन?
मभन्दा पनि हामी व्यापारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ भन्ने लागेको थियो। नत्र त मैले अघि नै भनें नि अड्डा अदालतमा एउटा खरदारले पनि हामीलाई विनाकारण घन्टौं ढोकाबाहिर उभ्याएर राख्न सक्थ्यो।

त्यो त हट्यो नि हैन, प्रजातन्त्र आएपछि?
हट्यो। त्यसपछि कार्ड सिस्टम आयो। हामी व्यापारीलाई सरकारी कार्यालय र अड्डा अदालतमा झन्झट नहोस् भनेर कार्ड (परिचयपत्र) दिइएको थियो। त्यसपछि झन्झट अलिक कम भयो। त्यो बेला अड्डा पनि धेरै थिएनन्। जुद्धशमशेरको पालामा उद्योग परिषद् भन्ने गठन भएको थियो। खासै धेरै उद्योग थिएन। उद्योगको विकास गनुपर्र्छ भनेर उनलाई लाग्यो होला, त्यसैले उनले त्यो परिषद् खोले।

जुद्धशमशेरको पालादेखि नेपालमा औद्योगिक विकास सुरु भयो भन्न मिल्छ?
औद्योगिक विकास नै त हैन। विकासको कदम चाल्न खोजेका थिए उनले। उद्योग परिषद्को स्थापना उनैको पालामा भएको हो। विकास भएको थिएन। प्रजातन्त्र आएपछि अब संगठन खोल्नुपर्छ भन्ने लागेर हामीले 'वनिक मण्डल' गठन गर्यौँछ। त्यतिबेला म पठ्ठो नै थिएँ। अरुहरू मभन्दा निकै सिनियर थिए। हामी छ/सात जना थियौँ। मण्डल गठन भएपछि हामीले राजा त्रिभुवनको दर्शन भेटका लागि सम्पर्क गर्यौँए। हामीले एकदिन बेलुका दर्शन पायौँ। हामी भेट गर्न जाँदा राजा त्रिभुवन आफना तीनैजना छोरासँगै हुनुहुन्थ्यो। हामीसँग परिचय भएपछि उहाँले 'आफ्नै देशका व्यापारीहरूसँग पनि हाम्रो चिनजान रहेनछ,' भनेर दुःख प्रकट गर्नुभएको थियो।

तपाईँहरूले खोलेको त्यो वनिक मण्डल नै पछि गएर च्याम्बर अफ कमर्स भएको हो?
हो। के नाम राख्ने, के नाम राख्ने भएको थियो, हामीलाई पहिला। त्यसपछि वनिक मण्डल राखौँ भनेर सल्लाह भएपछि त्यो नाम राखिएको थियो। हामीमध्ये अलिक जान्ने बुझ्ने राजबहादुर चिपालु हुनुहुन्थ्यो। म सबैभन्दा जुनियर थिए। त्यो बेला भारतमा ब्रिटिस शासन भर्खरै समाप्त भएको थियो। हाम्रो जे/जति व्यापारिक सम्बन्ध थियो, त्यो बेलायतसँग थियो। अलि, अलि जर्मनी र जापानसँग पनि थियो। च्याम्बर अफ कमर्सको नाम हामीले लण्डन च्याम्बर अफ कमर्सको नामबाट प्रेरित भएर राखेका हौं।

त्यतिबेला व्यापारिक वस्तुहरू के थिए?
व्यापारिक वस्तु धेरै कपडा नै थियो। मानिसको क्रयशक्ति थिएन। त्यसैले लक्जरियस समानको खासै व्यापार थिएन। राणाहरूलाई त्यस्तो सामान चाहिए कलकत्ता जान्थे। पहिला कलकत्ता नै सेन्टर थियो भारतको। पछि भारतको केन्द्र दिल्लीमा सरेपछि पनि हाम्रा लागि भने कलकत्ता नै सेन्टर थियो।

बीपी कोइराला, गणेशमान सिंह, किसुनजी जस्ता प्रजातान्त्रिक आन्दोलनका नेताहरुसँग तपाईंको एकदमै दोस्ती र ताल्लुकात थियो नि, हैन?
हो। एकदम दोस्ती थियो हाम्राबीच। मैले पहिलो पटक २००४ सालको आन्दोलनताका बीपी, गणेशमान सिंह र किशुनजीलाई भेटेको थिएँ। उहाँहरूलाई हामीले खर्च पनि जुटाइदिएका थियौँ, आन्दोलनका लागि। गणेशमानसँग त हाम्रो नाता नै थियो।

राणाकालमै खर्च जुटाइदिनुभएको?
हो, राणाकालमै। हामी लुकेर त्यस्तो काम गर्थ्यौँ। मेरो बाले थाहा पाउनुभयो भने हप्काउनुहुन्थ्यो। मैले एकपटक मेरो बाको खुबै हप्की खाएको थिएँ। पद्मशमशेरको पालामा होला, मास गल्लीमा प्रेमबहादुर कंसाकारले प्रदीप्त पुस्तकालय खोलेका थिए। मलाई पनि निम्तो आएको थियो भूमिगत हिसावले। म पनि गएँ। पुस्तकालयको स्थापना नेपालमा पहिलो राम्रो कामको थालनी हो भनेर गएको थिएँ। कसोकसो बाले थाहा पाउनुभएछ। त्यसको भोलिपल्ट मलाई बोलाएर गाली गर्नुभयो- 'तिमी पनि त्यहाँ सम्मिलित हुन गएको? हामी व्यापारीले पनि राजनीति गर्ने हो?' म त अचम्ममा परेँ, कसरी थाहा भयो भनेर।

तपाईको र किसुनजीको सम्बन्ध खुब प्रगाढ थियो। के कुरा गर्नुहुन्थ्यो?
हाम्रो खुबै दोस्ती थियो। चाहिने/नचाहिने सबै कुरा गरिन्थ्यो। देश विकासको कुरा हुन्थ्यो। अरु कुरा पनि हुन्थ्यो। प्रजातन्त्र कति दिन रह्यो र? २०१७ सालमा त पञ्चायत आइहाल्यो। पञ्चायत आएपछि उहा" जेल पर्नुभयो। उहाँ जेलबाट छुटेर आउँदा हामीलाई बूढ्यौलीले छोइसकेको थियो।

वनिक मण्डललाई कसरी च्याम्बर अफ कमर्स बनाउनुभयो त?
त्यतिबेला हाम्रो व्यापारिक सम्बन्ध बेलायतसँग भएकाले बेलायत नै हामीले जानेको देखेको र शक्तिशाली मुलुक थियो। हामीले लण्डन च्याम्बर अफ कमर्सबाट उनीहरूको विधान झिकायौँ। राजबहादुरजी त्यसमा सक्रिय भएर लाग्नुभएको थियो। त्यो सबै भइसकेपछि हामीले नेपाल च्याम्बर अफ कमर्स भनेर नाम राख्यौँ। देशको आर्थिक विकासका लागि सरकारलाई सुझाव दिन र सहयोग गर्ने उद्देश्य थियो हाम्रो। व्यापारीहरूको मान/सम्मान बढाउने काम गर्न हामी उत्साहका साथ लागेका थियौं।

यो २००७ सालपछिको कुरा हो?
सात सालमा कुरा उठेको हो। त्यसपछि विधान बनाएर दर्ता गरेकोचाहिँ २००९ सालमा हो।

तपाईंले च्याम्बरको नेतृत्व कति वर्ष गर्नुभयो?
ठ्याक्कै त याद छैन। तर गरेँ होला निकै। बाह्र/चौध वर्ष गरेँ कि। म चार पल्ट सभापति भएको थिएँ। सबैभन्दा पहिलो सभापति लोकनाथ जोशी हुनुहुन्थ्यो। उहाँले नै धेरै समयसम्म नेतृत्व गर्नुभयो। दोस्रो विश्व युद्ध सकिएको समय थियो त्यो। पेन्सनवाला नेपाली लाहुरेहरू धेरै थिए। उनीहरू आफ्नो कमाई भारतीय रुपियाँमा लिएर आउँथे। यसले गर्दा भारुको 'फ्लो' यहाँ धेरै भयो। भाउ घटबढ हुन थाल्यो। कहिले एक सय रुपियाँ भारुको मूल्य एक सय पचासी रुपियाँमा उक्लन्थ्यो भने कहिले पचासी रुपियाँमा पनि झर्थ्यो। त्यत्रो ठूलो 'फ्लक्चुएसन' ले त बर्बाद हुन्छ भनेर हामीले भारुको एकै मूल्य कायम गर्न पनि काम गरेका थियौँ।

युद्धकालीन अर्थतन्त्रले गर्दा त्यसो भएको थियो होला, होइन?
हो। लाहुरेहरू टन्न भारु बोकेर नेपाल आए। आयात घटेको थियो। युद्धपछि उत्पादन घटेको थियो। सामान पर्याप्त पाइँदैनथ्यो। जर्मनी र जापानबाट आयात गर्ने कुरै भएन। भारतले अन्यत्रतिरबाट आयात गरेको सामान भारतमै अपुग हुन्थ्यो। यहाँ 'क्यास फ्लो' बढी भयो। नेपालबाट टिम्बर र चामल निर्यात हुन्थ्यो। त्यो बेलामा चामलको उत्पादन निकै हुन्थ्यो यहाँ। अहिले त आन्तरिक खपतका लागि नै चामल आयात गर्नुपर्ने भएको छ। नाममात्रको कृषि प्रधान देश भएको छ, नेपाल।

त्यो बेलामा नेपालको जनसंख्या पनि निकै बढेको थियो। एक जनाको आठ/दश जना सन्तान हुन्थे। परिवार नियोजनको त कुरै थिएन। महामारीमा मात्र जनसंख्या घट्थ्यो। सितला (विफर) को महामारी भन्थे। झाडापखाला, टाइफाइड, मलेरियाले धेरै मानिस मर्थे। यहाँ काठमाडौँमा पनि धेरै महामारी फैलन्थ्यो। बिफर, झाडाबान्ता, टाइफाइडको महामारी। दोस्रो विश्व युद्धपछि पेनिसिलिन ओखतीको आविष्कारपछि बल्ल महामारी कन्ट्रोलमा आउन थालेको हो। उतिबेला नेपालीको औसत आयु २३ वर्ष भन्ने मैले सुनेको थिएँ। अहिले त ६० वर्षभन्दा माथि नै छ क्यारे! हाम्रो विदेशी मुद्रा विनिमय दर भारतले निर्धारण गर्थ्यो। च्याम्बरको स्थापनापछि हामीले केन्द्रीय बैंक चाहियो भनेर माग गरेका थियौँ। त्यो २०१३ सालमा स्थापना भयो। नेपाल बैंक थियो। तर, मान्छेहरू बैंकमा पैसा राख्नै डराउँथे। नेपाल बैंक १९९३ सालतिर स्थापना भएको हो क्यारे! त्यो बैंक नाममा मात्रै थियो। त्यसले केही गर्न सक्दैन थियो।
अहिले पनि त हाम्रो मुद्राको दर भारतीय मुद्राकै आधारमा निर्धारण हुन्छ नि?
हो। तर पहिलाको जस्तो जे छ भारत नै छ जस्तो त छैन नि। त्यतिका धेरै नेपाली नागरिक विदेशमा छन्। उनीहरूले पठाएको पैसाले हाम्रो अर्थतन्त्रलाई धेरै सघाएको छ। उति बेला यसो राणाहरूलाई चाहिने सामानमात्र बेलायत र इटालीबाट मगाउने चलन थियो। लुगा, लक्जरी सामानमात्र। अहिले मानिसको रुचि बढेको छ। लक्जरी सामानको पनि उपभोग बढेको छ।

त्यतिबेलाको सानो नेपाली अर्थतन्त्र र अहिलेको यो विस्तारित अर्थतन्त्रलाई हेर्दा कस्तो अनुभव गर्नुहुन्छ?
एउटा त के भयो भने हाम्रो जनसंख्या बढ्दैछ। जनसंख्यासँगै हाम्रो 'डिमान्ड' पनि बढेको छ। यसले आयात बढाएको छ। तर हामीले निर्यात गर्ने सामान भने बढाउन सकेका छैनौँ। जति खेती त्योे बेलामा हुन्थ्यो, अहिले पनि त्यति नै छ। वैज्ञानिकरूपमा खेती हुन सकेको छैन। वन र वनस्पतिजन्य सामग्रीको उत्पादन पनि बढाउन सकिएको छैन। यसमा पनि पञ्चायतको समयमा धेरै अनियमितता भयो। २०३६ सालको जनमत संग्रहका बेला त्यत्रो जंगल सखाप भयो। विदेशी बैंक, दातृ निकायहरू आएको हुनाले मात्र न अहिले हाम्रो अर्थतन्त्रलाई सहारा भएको हो। अहिले 'ह्युमन एक्सपोर्ट' ले मात्र हाम्रो अर्थतन्त्र थेगिरहेको छ। नत्र त त्यो अर्बौँको घाटा हामीले कहाँ सहन सक्थ्यौँ र?
२०१६ सालतिर हो क्यारे! तिब्बतीहरू चीनबाट भागेर नेपाल आए। उनीहरूसँगै नेपालमा धेरै ठूलो मात्रामा सुन र पैसा भित्रियो। सँगसँगै कार्पेट बुन्ने सिप पनि आयो। स्विसहरू आएर त्यो सिपलाई विकास गर्न मद्दत गरे। पछि त्यही कार्पेट निर्यात हुन थाल्यो। विदेशी बजारमा त्यसको माग अत्याधिक भएपछि अरु नेपालीहरूले पनि त्यो काम गर्न थाले। ऊ बेला आयात सीमित थियो। निर्यात धेरै थियो। अहिले आयात धेरै छ, निर्यात निकै कम छ। बाहिर काम गर्न गएकाले पैसा पठाएनन् भने त नेपालको अर्थतन्त्र धरासायी नै हुन्छ। त्यो बेला पेट्रोल ग्यालेनमा पाइन्थ्यो। एक ग्यालेनमा पाँच लिटर हुन्थ्यो। त्यसको तीन रुपियाँ पर्थ्यो। अहिले त लिटरकै १२३ रुपियाँ छ। हामी आयातमा निर्भर भयौँ। देशमा औद्योगिक विकास, कृषिको विकास गर्नै सकेनौँ। किन? सरकारको नीति नै गलत भयो। त्यसले खासै सहयोग गरेन।

कहिले पनि गरेन?
हो, सुरुदेखि नै भएन। कसैले उद्योग व्यवसायको क्षेत्रमा केही नयाँ काम गर्न लाग्यो भने के गर्न लाग्यो यसले? यसले कमाउने भयो भनेर जहिले पनि कचकच, जहिले पनि शंका गरिन्छ। त्यसले गर्दा उद्योग आउन सकेन। सत्तामा रहेकाहरुको स्वार्थ पूरा गर्नसक्ने र चाकडी गर्न सक्नेहरूले मात्र उद्योग चलाउन सक्ने दूषित वातावरण देखियो। पछिल्लो समयमा त मजदुरहरूको समस्या पनि निकै बढ्यो। यो समस्या पञ्चायतकालदेखि नै थियो। माओवादीहरू आएपछि अझ बढेको हो। अर्को ठूलो दुर्भाग्य भनेको हामी 'ल्यान्डलक्ड' छौँ। तेस्रो मुलुकबाट आयात गर्न हामीलाई निकै गाह्रो छ। कलकत्ता पोर्टमा हाम्रो सामान आउँछ। त्यहाँ महिनौँसम्म हामीलाई झुलाउँछन्। सामान चोरी हुन्छ। निर्यात गर्दा पनि त्यत्तिकै समस्या पर्छ। कार्पेटहरू 'एयर कार्गो' बाट पठाउने भएकाले केही सुविधा भएको थियो त्यतिबेला।

तपाईँ उद्योग व्यापार क्षेत्रको एउटा अगुवा नेता। उद्योग वाणिज्य संघको पनि नेतृत्व गर्नुभयो। त्यतिखेर तपाईंहरू जस्तो शक्तिशाली व्यक्तिले पनि मुलुकलाई सही दिशातर्फ लैजान सरकारलाई किन दवाब दिन सक्नुभएन?
कसरी दबाब दिने? राणाजीहरूका अगाडि हात मोलेको जस्तो शाहजीहरूको अगाडि पनि हात नै मोल्नुपर्ने। कति हात मोल्ने? को-कोसँग मात्रै हात मोल्ने? हाम्रो आफ्नो स्वाभिमानको पनि त कुरा आउँछ नि। मेरो व्यक्तिगत कुरा गर्दा म यहा"का अरु व्यापारीहरूको जस्तो चाकडी गर्न सक्दिन। म उद्योग वाणिज्य संघमा हुँदा हामी उद्योगी व्यापारीका लागि पनि एउटा बैंक चाहियो, त्यो भयो भने काम गर्न सजिलो हुन्छ भनेर पहल गरेँ। बैंक खोल्न दर्खास्त पनि दिएको थिएँ। तर हामीलाई लाइसेन्स नै दिएन। पछि अर्कै विदेशी बैंक आयो। कुरा बुझियो।

नेपालमा यो घुस दिने 'सिस्टम' चाहिँ कहिलेदेखि चलेको हो?
राणा शासनका अफिसरहरूकहाँ डाली पुर्याशउने चलन थियो। घुस भन्ने शब्द चलनमा आएको थिएन। डाली चढाउने भनेर फलफूल, मसाला, रोटी जस्ता सामान कोसेली लैजाने चलन थियो। त्यो पनि सबैले लिँदैन थिए। 'तिम्रो मुद्दा चलिरहेको छ, अहिले डाली लिनुहुँदैन, पछि जित्यौ भने हेरुँला' भनेर फर्काइदिन्थे। अब अहिले औँला अँठ्याएर पैसा माग्छन्।

तपाईंले कहिल्यै कर्मचारीतन्त्रबाट काम लिनलाई घूस खुवाउनुभएको छ?
अब अहिले आएर अलिअलि। अहिले आएर। पहिला जुनबेला हामीले काम गर्थ्यौँ, त्यो बेला दशैँ खर्च भनेर खरदार लेभलकालाई ४० रुपियाँ, मुखिया, बहिदारलाई २५/२५ रुपियाँ र त्योभन्दा तलकालाई पाँच/पाँच रुपियाँ दिन्थ्यौँ।

खरदारभन्दा माथिचाहिँ थिएन?
कहाँ उनीहरूलाई पैसा दिने? दाम राखेर दर्शन गर्नुपर्थ्यो। बाहुन कर्मचारीलाई त ढोग्नै पर्थ्यो। अनि दुई रुपियाँ थपक्क दाम राख्यो। सकियो। हाहा...

प्रजातन्त्र आइसकेपछि चाहिँ त्यो अवस्थामा परिवर्तन आयो?
त्यसपछि त सोझै घूस माग्ने चलन आयो। आफूलाई फाइदा हुनेभन्दा बढी नै घूस माग्छन अहिले त।

२००७ साललगत्तै सुरु भएको हो घूस?
सात साललगत्तै त होइन, बिस्तारै बिस्तारै हो।

तपाईंको सम्झनामा घूस लिने चलन पञ्चायत, प्रजातन्त्र कुन कालमा बढ्यो?
पञ्चायतदेखि हो। २०३६ सालको जनमत संग्रहको बेलामा कम घोटाला भयो त? त्यही बेलादेखि घूस लिने चलन बढेको हो। पहिले थियो अलिअलि, जनमत संग्रहपछि ह्वात्तै बढ्यो।

तपाईंसँग पनि घूस मागे?
त्यो कुरा छाड्नुस्। काम चालु राख्न घूस त दिनैपर्थ्यो। हाहा...

अब पुरानो कुरा छाडेर अहिलेको कुरा गरौँ। नेपालको अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट कसरी दह्रो स्थितिमा लान सकिन्छ?
त्यसका लागि त उत्पादन नै बढाउनुपर्छ। उत्पादन बढाउनका लागि वातावरण चाहिन्छ। त्यो सरकारले बनाइदिनुपर्योप। नभएसम्म त कसरी बढ्ला र? सरकार दिगो हुनुपर्योर त्यसका लागि।

अहिले नयाँ जमानाका मान्छे, व्यवसायी 'राजनीति आफ्नो ठाउँमा चल्दै गर्छ, अर्थतन्त्रले चाहिँ आफ्नो बाटो पहिल्याउनुपर्छ' भन्छन्। तपाईं के भन्नुहुन्छ?
अर्थतन्त्रले आकार त लिनुपर्छ। त्यसका लागि उत्पादन र उद्योग बढाउनुपर्यो नि। म त्यो वातावरण नै देख्दिन। आफूले लगानी गरिसकेपछि त्यसको 'रिटर्न' आउने वातावरण त हुनुपर्योो नि। गरेको लगानी पनि डुब्यो भने त खत्तम हुन्छ नि। वातावरण बनायो भने लगानी गर्नबाट कोही पछि हट्नेवाला छैन।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भयो। गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो। ठूलाठूला परिवर्तन भए। त्यसपछिको समयलाई कसरी हेर्नुभएको छ?
हो, त्यतिबेलाको समय परिस्थिति राम्रै थियो। तर त्यो बेला पनि उत्पादन बढाउन सहयोग गर्ने वातावरण भने बन्न सकेन।

त्यसको कारण के थियो?
त्यो बेलामा पूर्वाधार विकास भइसकेको थिएन। पूर्वाधार विकासमा दिनुपर्ने जति ध्यान दिन सकेन सरकारले।

जलस्रोत, जडीबुटी, कृषिको अपार सम्भावना भएर पनि केही हुन सकेको छैन नि?
सामान्य उदाहरण लिऊँ न। मेलम्ची आउँछ भनेको कति भयो? खै त अहिलेसम्म काठमाडौंका मान्छेले पानी पाएका छैनन्।

विकास आयोजनाहरू किन अगाडि बढ्न सकिरहेका छैनन्? राजनीतिक कारणले गर्दामात्र हो कि अरु कारण पनि छ?
देशको परिस्थितिले गर्दा हो नि। राजनीतिक स्थिरता नै आर्थिक विकासको मेरुदण्ड हो। अब यहा" सरकार फेरिइरहन्छन्। प्रधानमन्त्री र मन्त्रीहरु फेरिइरहन्छन्। एउटा आउँछ, एउटा कुरा गर्छ। अर्को आउँछ, उसको आफ्नै कुरा हुन्छ। नीतिमा निरन्तरता छैन। अनि कहाँबाट विकास हुन सक्छ? एउटा स्थिर सरकार, स्थिर नीति, उद्योग व्यापारका लागि सहयोगी वातावरण, सुरक्षा इत्यादि हुनुपर्योद नि। त्यसको कुनै ग्यारेन्टी नै छैन। नेपालीको मनोवृत्ति पनि त्यस्तै छ। जे गरे पनि सडक आन्दोलन भन्छन्। ठिक छ विरोध गर्नुपर्छ। तर काममा हिँडेको मान्छेलाई, ट्राफिकलाई किन रोक्नु? रोकेन भने गाडीमा आगो नै लगाइदिन्छन्। त्यो त व्यक्तिको मात्र नोक्सानी हैन नि। राष्ट्रकै नोक्सानी हो।

तपाईंले भन्नुभयो २०४६ मा प्रजातन्त्र स्थापना भएपछि राम्रै भइरहेको थियो। राम्रो भएको भए माओवादी विद्रोह किन भयो जस्तो लाग्छ?
सरकारमा जाने व्यक्तिहरूले रोजगारीको अवसर बढाउन सकेनन्। त्यसैले उनीहरूले विद्रोहको बाटो रोजेका हुन् जस्तो लाग्छ। कम्युनिष्ट विचारधारा नेपालमा अहिले छिरेको होइन। राणाशासन कालमै पुष्पलालहरू कम्युनिष्ट थिए। त्यति बेलादेखि नै कसैलाई पेटभर खान पुग्ने छ, कसैलाई केही पनि छैन भनेर असन्तुष्टि थियो। जनसंख्या बढेको बढ्यै छ। काम छैन, काज छैन अनि केही न केहीमा लाग्नुपर्ने भयो। अनि विद्रोह भएको हो।

त्यतिबेला पनि खाडीमा गएर वा विदेशमा गएर काम गर्ने विकल्प त थियो नि। विद्रोह मात्र त विकल्प थिएन?
हैन, त्यतिबेला विदेशको काम अहिलेको जस्तो आकर्षक थिएन। म एकपटक इन्डोनेसिया गएको थिएँ। त्यहाँ पनि विद्रोहकै वातावरण थियो। केटाहरू रक्सीको कुलतमा फसेका थिए। रोजगारी थिएन। उनीहरूलाई कसरी सुधार्ने त भनेर सरकारले सबै गाउँमा सानो सानो सहकारी स्थापना गरेको थियो। बचत गर्ने बानी सिकाएको थियो। मलेसिया कहाँबाट कहाँ पुग्यो। फिलिपिन्समा त्यो बेला उद्योग स्थापना गर्न सरकारलाई जानकारीमात्र गराए पुग्थ्यो। सरकारले सक्दो सहयोग गर्थ्यो। जापानमा च्याम्बरले जस्तो आर्थिक नीति चाहियो भनेर माग गर्थ्यो, त्यस्तै नीति सरकारले ल्याउँथ्यो। त्यस्तो वातावरण यहाँ कहिल्यै भएन। यहाँ त खाली के गर्न लाग्यो भनेर शंकामात्र गरिरहने।

तपाईंहरूले त्यो शंकासँग लड्न केही गर्न सक्नुभएन नि?
त्यही शंकासँग लड्न त हामीले च्याम्बर खोलेको।

तर धेरै वर्षसम्म उद्योग वाणिज्य संघ र च्याम्बर सरकारकै 'रबर स्ट्याम्प' बनेर बस्यो नि?
मजबुरी थियो। हामीले केही गर्न सक्ने स्थिति थिएन। हामी 'फाइट' गर्न खोज्थ्यौँ। राजा महेन्द्रको पालामा भारतीय रुपियाँको पुनर्मुल्यन गरेर सयको सय बराबरीमा भाउ तोकेको थियो। शायद २०२७/०२८ सालतिरको कुरा होला। त्यो गर्नै नहुने कुरा थियो। हामीले २०१६ मा कांग्रेस सरकारका अर्थमन्त्री सुवर्णशमशेरसँग सल्लाह गरेर भारु एक सयको एक सय साठी मनासिब हुन्छ भनेर कायम गरेको मूल्यलाई एकै चोटी त्यस्तरी घटाइयो। त्यतिबेला शायद लोकनाथ जोशी हुनुहुन्थ्यो च्याम्बरको अध्यक्ष। उहाँले यसको स्वागत गरौँ भन्नुभयो। हामीले उहाँकै अगाडि विरोध गर्यौँ् र कमिटीको बैठकमा जाँदै गएनौँ। पछि हामीलाई धम्की आयो, 'तिमीहरू मामाघर जाने हो कि खुरुक्क समर्थनमा सही गर्ने हो?' भनेर। पछि नसकेर छ/सात महिनामा नै फेरि एक सय पैँतीस अनि एक सय चालीस गर्दै त्यसको तीन चार महिनामै टिक्न नसकेर फेरि एक सय साठी नै बनाइएको थियो।

भारतको आर्थिक र मौद्रिक नीतिले नेपालमा कत्तिको प्रभाव पार्छ?
निकै प्रभाव पार्छ। किनभने हाम्रो भारतसँग 'ओपन बोर्डर' छ।

नेपालमा 'ट्रेड र इन्डस्ट्री' को विकास गर्न 'बोर्डरलेस' गर्न सकिन्न र? हुन त केही हदसम्म अहिले पनि छ।
त्यो त भारत सरकारले पनि मान्नुपर्यो नि। भारत हाम्रो एकैपटक विकास होस् भन्ने चाहँदै चाहँदैन। जहिले उनीहरूको हात हाम्रो टाउकोमा होस् भन्ने चाहन्छ। अनि के गर्ने?

अहिले नेपालमा गणतन्त्र आइसकेपछि तपाईंले कस्तो देख्नुभएको छ?
मैलेमात्र हैन, सबैले भन्छन्- देशको अवस्था भताभुंग छ। राजनीतिकरूपमा केही राम्रो भएको होला तर अरु क्षेत्रमा केही विकास भएकै छैन। राम्रो नीति आउनै सकेको छैन। एउटा सचिवमा बढुवा गर्नसमेत त्यत्रो चलखेल हुन्छ। राजनीति गर्नेले राजनीति मात्र गर्नुपर्छ, प्रशासन चलाउनेले त्यसमा मात्र ध्यान दिनुपर्छ। उद्योगी व्यापारीले उद्योग र व्यापारको विकासमा तल्लीन हुनुपर्छ। यहाँ त सबै राजनीति गर्छन्। अनि कहाँबाट हुन्छ विकास?

सहयोगी : स्वरुप आचार्य
![]() |