म १८ वर्षीय दुब्लो युवक हुँ। कुनै केटीलाई हेर्दा मेरो लिंगमा बढी उत्तेजना आउँछ। किन ?
![]() |

२२४१०
किशोरावस्थादेखि नै अनि वयस्क हुने क्रममा प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा परिवर्तन देखापर्नु स्वाभाविक हो र यो विकास क्रममा बिस्तारै सबैको अंग एवं मस्तिष्क परिपक्व हुँदै आउँछन्। यी परिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तन प्रमुख हुन्छन्। यसै क्रममा अर्को व्यक्ति (धेरैजसो स्थितिमा विपरित लिङ्गी) प्रति यौनका दृष्टिकोणले आकर्षण बढ्नु प्रमुख परिवर्तन हो। शारीरिक, भावनात्मक तथा यौनसम्बन्धी परिवर्तनका साथै आफूलाई व्यवस्थित गर्नु आफैंमा असजिलो कुरा हो। त्यसमा पनि यौनप्रतिको चाहना, त्यसलाई शान्त पार्न के गर्न हुन्छ के गर्न हुँदैन जस्तो अलमल सबैमा हुन्छ। यौनसम्बन्धी कुरा सपनामा पनि देखिन्छ। तपाईंले भन्नु भएजस्तै युवतीलाई हेर्दा यौन उत्तेजना आउने कुरा पनि हुन्छ। यसको अर्थ के होला ? के यो सामान्य होला जस्ता अनेक प्रश्न उत्पन्न हुनसक्छन् र अन्यौल उत्पन्न्न हुन्छ।
यौन मानवजीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबैजसो स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि। यो प्रकृतिले नै दिएको छ। सामान्य भाषामा भन्दा यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई नै यौनेच्छा भन्न सकिन्छ। परिभाषामा केही फरक मत भए पनि यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। त्यसैका साथै हामी कुनै पनि यौन उत्तेजनात्मक दृश्य जसमा पहिरन सहितकै भए पनि युवतीको शरीर वा अङ्ग को प्रभाव पर्छ नै र उत्तेजना हुन्छ। यसको अर्थ यो होइन कि त्यस्तो भयो भन्दैमा कुनै यौन क्रियाकलापका लागि पहल जायज हुन्छ। त्यसैले यी स्वाभाविक कुरालाई व्यवस्थित गर्नु जरुरी छ। हाम्रो व्यवहार समाजमा भएका तत्कालीन मूल्य-मान्यताअनुरूप सुहाउँदो हुनु आवश्यक छ। यौन उत्तेजन दृश्य देखेर लिङ्ग केही वेर उत्तेजित हुँदैमा हानि पुग्दैन अनि कसैलाई यी कुरा थाहा दिइएन भने अर्को व्यक्तिलाई हानि पनि हुने भएन।