रूसमा उल्काले उल्का गर्‍यो (भिडियो सहित)


मध्य रूसमा शुक्रबार खसेका उल्का पिण्डले भौतिक क्षति भएको छ भने एक हजार भन्दा धेरै ब्यक्ति घाइते भएका छन ।उक्त उल्कापिण्ड मध्य रुसको चेल्याबिन्स्क प्रान्तमा खसेको थियो जसका कारण घर भात्किएका थिए भने आवाज र पिण्डको घर्षणका कारण कैयौ घरका सिसा फुटेका थिए । बिहानी सफा आकाशमा उल्कापिण्ड आगोको डल्लोको रुपमा प्रष्ट देखिएको थियो ।उल्कापिण्ड भुइमा खसेपछि बिषाल आवाज आएको थियो । सो घटनापछि रुसी जनतामा त्रासको वातावरण सिर्जना भएको थियो । घाइतेहरुलाई तुरुन्तै अस्पताल लागिएको थियो । फुटेका सिसाका टुक्राले चोट लाग्दा घाइते हुनेको सन्ख्या बढेको जनाइएको छ । घटना पस्च्यात राष्ट्रपति भ्लादिमिर पुटिनले भगवानलाई धन्यबाद दिदै भनेका छन्,- धन्न ब्यस्त इलाकामा ठुलो पिण्ड खसेन र कम क्षति भयो ।स्मरण रहोस्, उल्कापिण्ड भनेका सुर्य वा ताराका टुक्रा हुन जुन तिब्र गतिमा ति ताराहरु आफ्नो कक्षमा हिड्दा मुख्य शरिरबाट छुट्टिन्छन र आफ्नै कक्ष बनाएर सुर्य वा आफ्नो मुख्य तारालाई घुम्ने गर्दछन । तिनै पिण्ड यदाकदा आफ्नो बाटो बिराउदा यसरी खस्ने गर्दछन । जसलाई हामी तारा खसेको पनि भन्दछौ ।