खेमराजबारे थाहा दिनेलाई ३० हजार इनाम
|
दोलखा, फाल्गुन ११ - प्रहरीले चोर अभियुक्त प्रहरी जवान खेमराज प्रजाबारे पहिलो सूचना दिनेलाई ३० हजार नगद इनामको घोषणा गरेको छ ।
दजनौं चोरी घटनामा पक्राउ परेका प्रहरी जवान खेमराज मंगलवार विहान जिल्ला प्रहरी कार्यालयको थुनुवागृह तोडेर भागेका थिए । सोमबार पक्राउ परेको खेमराजबारे पहिलो सूचना दिनेलाई प्रहरीले नगद ३० हजार इनाम दिने दोलखा प्रहरी प्रमुख डिएसप ओमप्रसाद अधिकारीले सर्वसाधरणलाई पनि त्यति नै दिने बताए ।
अन्दाजी बर्ष ३० जस्तो देखिने खेमराजकोबारे फोनबाट वा नजिकको प्रहरी चौकीमा सिधै सम्पर्क गर्न जिल्ला प्रहरीले सबै निकायलाई अनुरोध गरेको छ । दर्जनौ चोरी घटनाका सम्मिलित वाहलवाला प्रहरी खेमराज हिरासतबाटै बेपत्ता हुनुलाई नागरिकले विभिन्न शंका गरिरहेका बेला इनामको घोषणा गरिएको हो ।
सिंगो प्रहरी सेवामा दाग लाग्ने कार्य गरेर फरार खेमराजको खोजीमा कुनै कसरत नराख्ने डिएपी अधिकारीले बताए । मकवानपुर राक्सिङ- ८ घरबाट खेमराजको पत्नीलाई समेत पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।
|



