कोरियामा पुन: एक नेपालीको मृत्यु


दक्षिण कोरियामा नीजि कारको ठाक्करबाट एक नेपालीको मृत्यु भएको केहि घण्टा नबित्दै पाल्पा बहादुरपुरका खेमबहादूर ढेङ्गा मगरको मंगलबार राति  मृत्‍यु भएको छ  अस्पतालको प्रारम्भिक प्रतिबेदनमा  हृदयघातको कारण उनको मृत्‍युको भएको चिकित्सकहरुले जनाएका छन् । प्यन्थेक क्षेत्रमा रहेको अल्मुनियमसँग सम्बन्धित कम्पनीमा कार्यरत ढेङ्गा ८  बर्षअघि मुनड्रब्स ओभरसिजबाट औद्योगिक प्रशिक्षार्थीको रुपमा कोरिया आएका थिए । हाल उनको शव आन्सन उईरो अस्पतालमा राखिएको छ । उनी केहि बर्षदेखी शरणार्थी भिसामा रहेका  थिए । नीजिकारको ठक्करबाट घाइते भएका रुपन्देहीका यज्ञमुर्ति पाण्डेको हिजोमात्र मृत्यु भएको थियो