४५ सय जनाले राखे अनौठो नाचको किर्तिमान (फोटोफिचर सहित)


थाइल्याण्डमा झण्डै ४५ सयजनामहिलातथा पुरुषले एकसाथनाचेर विश्वकिर्तिमान राखेका छन् । उनीहरुले त्यत्तिकै कम्मर भाँचेर नाच्नाले किर्तिमान राखेकाहोइनन्, कम्मरमा ठूलो रिङलाई सातमिनेटसम्म लगातार हल्लाएर नाच्दै किर्तिमानकायम गरेकाहुन् ।
४ हजार ४ सय ८३ जनाप्रतिस्पर्धीहरुले कम्मरमा बडेमाको गोलाकार प्लास्टिकको रिङ अठ्याएर घुमाउँदै नाचे । गिनिज बुक अफ वल्र्ड रेकर्डले हुलाहुपिङ भनिने यस्तो प्रदर्शनलाई नयाँकिर्तिमानको उपाधिप्रदान गरेको छ ।
थाइल्याण्डको बैंकक स्थित थामासातविश्वविद्यालयको खुल्ला प्रांगणमा सुरुमा ५ हजार प्रतिस्पर्धी नाचमाउत्रिएकोमा ५ सय १७जनाले कम्मरमा रिङ अठ्याउन सकेनन् र विचमै नाच त्यागे ।
यो किर्तिमानी समारोह थाइल्याण्डको स्वास्थ्यमन्त्रालयले आयोजना गरेको थियो । जनतामा स्वास्थ्य सम्बन्धि चेतनाजगाउन यस्तो समारोह गरिएको बताइएको छ ।