मुगुका गर्भवतीलाई राजधानी ल्याउन प्रधानमन्त्रीको निर्देशन
![]() |
-->
१३ फागुन, काठमाडौं । दुर्गम मुगु जिल्लाको अस्पतालमा सुत्केरी हुन नसकेर ५ दिनदेखि छट्पटाइरहेका दुई महिलालाई हेलीकोप्टरमा तत्कालै राजधानी ल्याउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार मुख्य सचिव लीलामणि पौडेललाई निर्देशन दिनुभएको छ ।
मुगु अस्पतालमा सुत्केरी हुन नसकेर दुई गर्भवती महिला छटपटाइरहेको समाचार पत्रिकामा पढेपछि प्रधानमन्त्री भट्टराईले तत्कालै उनीहरुलाई हेलिकोप्टर पठाएर राजधानी ल्याई उपचार गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय चिव विश्वदीप पाण्डले अनलाइनखबरलाई बताउनुभयो ।
जिल्ला अस्पतालको शैयामा मुगु माग्रीकी ४० वर्षीया छिरिङ याङजो लामा र रोवा गाविसकी २१ वर्षीया उषा खड्का पाँचदिनदेखि छटपटिमा रहेको समाचार आएपछि प्रधानमन्त्रीले उनीहरुको उचारमा चासो दिनुभएको पाण्डेले बताउनुभयो ।
-->
![]() |