मेलम्चीको ठेक्का सम्झौता तोड्ने सरकारको निर्णय

९ असोज, काठमाडौं । सरकारले काठमाडौंको तीर्खा मेटाउने एक मात्र आयोजनाका रुपमा हेरिएको मेलम्ची खानेपानी आयोजना निर्माण गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीसँगको निर्माण सम्झौता तोड्
ने निर्णय गरेको छ ।
मेलम्ची खानेपानी विकास समितिको कार्यकारी समितिको मंगलबार बसेको बैठकले आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको चाइना १५ रेल्वे ब्युरो कर्पोरेसनसँगको सम्झौता तोड्ने निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्य भन्नुभयो-’हामीले ठेक्का सम्झौता तोड्ने सूचना दिएका छौं र जमानत वापतको रकम हाम्रो खातामा जम्मा गर्न भनेका छौं ।’
सुधारका लागि दिएको सूचना अनुसार काम नभएको र कम्पनी स्वयंमले ठेक्का तोड्ने घोषणा गर्दै सर्तहरु अघि सारेकाले समिति ठेक्का तोड्ने निर्णयमा पुगेको उहाँले बताउनु भयो । ठेक्का पाएको कम्पनीले हालै मात्र एकतर्फी रुपमा ठेक्का तोडेको घोषणा गरेको थियो । त्यसलगतै उसले आफ्नो केही सर्तहरु पूरा भए पुनः काम गर्ने बताएको थियो । यसप्रति सरकारले ऋणदाता एसियाली विकास बैंक असुन्तष्ट थियो ।
पूर्व सम्झौता अनुसार सन् २०१३ डिसेम्बरसम्ममा कम्पनीले सुरुङ खनिसक्नु पर्ने हो । तर, अहिलेसम्म २१ किलोमिटरमध्ये साढे ६ किलोमिटर मात्र सुरुङ खनिएको छ । समितिका कार्यकारी निर्देशक आचार्यका अनुसार अब चिनियाँ कम्पनीले एकसाताभित्र औजार र कागजहरु सरकारलाई बुझाइसक्नुपर्छ ।
अब मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्काका लागि बोलपत्र आहृवान गर्नेछ । ४० अर्ब रुपैयाँको लागतमा बन्ने भनिएको मेलम्चीले १७ करोड लिटर पानी आउने छ