पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलवारे छिट्टै टुंगो लाग्छ : प्रचण्ड

८ असोज, कास्की । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले अर्थमन्त्री वर्षमान पुन सहितको टोली चीन जान लागेकाले विमानस्थल निर्माण वारेको टुंगो छिट्टै लाग्ने वातउनुभयो ।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग राख्दै विमानस्थल गेट अगाडि रिले अनसनमा बसेकाहरुसंग सोमवार भएको भेटमा प्रचण्डले पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणवारे केही कानुनी जटिलता रहेकाले त्यसको समाधान समाधान गरी जसरी पनि विमानस्थल निर्माण गरिने आश्वासन दिनुभयो ।
प्रचण्डले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने वताउनुभयो । उहाँले चीन जान लागेको टतोली स्वदेश नफर्किएसम्म आन्दोलनको स्वरुप परिवर्तन गरेर अघि वढ्न अनसनकारीहरुलाई सुझाव दिनुभयो ।
प्रचण्डले पोखरमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफू र प्रधानमन्त्री वावुराम भट्टराईवीच पटक-पटक छलफल भएको र विमानस्थल निर्माण प्रक्रिया थाल्नका लागि अर्थमन्त्रीको नेतृत्वमा एक टोली चीन जान लागेको वताउनुभयो ।