वेल्जियममा नेपाल फेष्टिवल (फोटो फिचर)
|
वेल्जियम, असोज ९ – बेल्जियमको ‘सुखी होम’ नामक संस्थाले काठमाडौको आरुबारीमा ‘किड्स सांग्रिला होम’ भवन निर्माणका लागि सहयोग जुटाउन वेल्जियमको बेर्स्तोलामा ‘नेपाल फेष्टिबल २०१२’ गरेको छ । सडक वालवालिका, अनाथ तथा निम्न आर्थिक अवस्था भएका वालवालिकाका लागि आवास र उच्च शिक्षा प्रदान गर्न ‘सुखी होम’ ले भवन निर्माण गर्न लागेको हो ।
फेष्टिवलमा नेपाल र नेपाली समुदायको पहिचान झल्किने सामाग्रीहरु राखिएको थियो । नेपालको संस्कृति झल्किने गरी कलात्मक तरिकाले सजाईएको ‘हेत लोटस हुइस’ अर्थात ‘कमलको घर’ भित्र शिव, पार्वती गणेश लगायत हिन्दु देवदेवताका मुर्तिहरु राखिएको थियो ।
फेष्टिवलमामा आयोजकले नेपाली हस्तकलाका सामान, पस्मिना, चुरापोतेको प्रदर्शनी, नेपाली खाना, साथै नेपाली गीत र विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली समुदायबाट संयोजन गरेका दीपकज्योति पौडेलले परोपकारी भावनाले गरिएको यस्तो कार्यक्रमले बेल्जियन नागरिकलाई नेपाल र नेपाली चिनाउने र दुई देशवीचको सांस्कृतिक एकतामा बल पुग्ने बताउनुभयो । आयोजक समितिको प्रमुख क्याथ्रिन मेईसले अनाथ र विपन्न वालवालिकाको संरक्षणका लागि फेष्टिवल आयोजना गरेको बताउनुभयो ।
|








