उच्च रक्तचापको जोखिमलाई दहीले कम गर्न सक्छ
|
एक अध्ययनले खानामा दही समावेश गर्दा उच्च रक्तचापको जोखिम कम हुने पत्ता लगाएको छ । नियमित दही सेवन गरेकाहरूमा उच्च रक्तचापको आशंका कम देखिएको अध्ययनले औंल्याएको हो । अमेरिकन हर्ट एसोसिएसन, उच्च रक्तचाप अनुसन्धान २०१२ को बैठकमा प्रस्तुत गरिएको एक अनुसन्धान पत्रमा यो जानकारी दिइएको हो । अनुसन्धान अनुसार लामो समयसम्म दहीको उपयोग गर्ने व्यक्तिमा उच्च रक्तचापको समस्या उत्पन्न हुने आशंका कम हुन्छ ।
अनुसन्धानकर्ताले डेढ दशकको अनुसन्धानमा यस्ता दुई हजार व्यक्तिको अध्ययन गरे जसलाई सुरुमा उच्च रक्तचाप थिएन । अध्ययनमा जुन व्यक्तिले दिनहुँ आफ्नो क्यालोरीको मात्रामध्ये न्यूनतम दुई प्रतिशत दहीको माध्यमले हासिल गरे उनीहरूलाई उच्च रक्तचाप उत्पन्न हुने आशंका ३१ प्रतिशत कम रह्यो ।
|

.jpg)


