२०६९ साल असोज ६ गते शनिबार 22-sep-2012,sat



मेष: 
आफु भन्दा ठुलाको सल्लाह पाईने छ। रचना गर्ने काममा तपाइको सहयोग ठुलो रहने देखिन्छा। यात्राको लागि राम्रो समय छ ।रोकिएको पैसा मिल्ने छ। कानूनी बिबादको हल गर्न कठिनाई पर्नेछ। कामकाज तथा ब्यापारको क्षेत्रमा लाभ्कारी परिवर्तन हुने सम्भावना देखिन्छ।

वृष:
धार्मिक क्रियाकपालमा सहभागी हुनुपर्ने खालको दिन रहेको देखिन्छ। आर्थिक लाभको समय रहेको देखिन्छा। परिवारको सल्लाह प्राप्त हुने देखिन्छ।नोकरीपेशाको ब्याक्तीलाई ईच्छित स्थानतरन हुने योग देखिन्छ। आर्थिक पक्ष बलियो रहनेछ।

मिथुन:
रचनात्मक काम तिर धेरै मन जाने देखिन्छ। नराम्रो कामतिर मन जाने देखिन्न । विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ। खर्च बढ्ने देखिन्छ। प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ।


कर्कट:
तपाइको लागि आजको दिन सामान्य रहेको देखिन्छ। सामाजिक सेवाबाट मान अगाउने छैन । निरन्तर लागिरहनु , कर्तब्यलाई पूजा ठान्नु तपाइको धर्म हुनेछ।सन्तानको सम्बन्धमा सुखद परिणाम आउनेछ। ब्यापार लाभप्रद रहनेछ।

सिंह:
कुनै ठुलो तथा असम्भव लागेको समस्याको समाधान मिल्नेछ। आफ्नो कार्य अरुको भरमा नछोड्नु नै उचित हुनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ।

कन्या:
कार्यस्थल तथा सार्वजनिक ठाउँमा बिबाद नगर्नु नै तपाइको हितमा हुनेछ । व्यापारको बिस्तारको सम्भावना देखिन्छा। बिरोधि तथा शत्रु पक्ष तपाइको कार्य ब्याबहारको तारिफ गर्नेछन।

तुला:
ब्याबसायिक स्थितिमा लाभकारी परिवर्तन हुनेछ। प्रयास गरेमा रोकिएको धन प्राप्त हुनेछ। जीवनसाथीसंगको मतभेदको अन्त्य भएर जानेछ।

वृश्चिक:
ब्याबसायिक क्षेत्रमा केहि बादलाब आउने छ। परिवारको कुनै सदस्यको स्वास्थ्यको बिषयमा चिन्ता बढ्नेछ। सवारी साधन साबधानी पुर्वक चलाउनु होला।

धनु:
पारिवारिक वातावरण सुखद रहनेछ। ऋण लिने बानिको त्याग गर्नु ्नै राम्रो देखिन्छ। कुनै बिबादित बिषय सुल्झने हुदा केहि राहत महसुस हुनेछ।

मकर:
लेन-देन अथवा आर्थिक ब्याबहारमा साबधानी राख्नु आवस्यक देखिन्छ।ब्याबसायिक तथा कामकाजको क्षेत्रमा ईछ्चित एंब अपेक्षित परिणाम प्राप्त हुनेछ। बिधार्थीको लागि आजको दिन निक्कै राम्रो देखिन्छ।

कुम्भ:
कामकाज तथा नोकरी व्यवसायमा सुधार हुनेछ। घर तथा नोकरिमा सन्तुलन कायम रहनेछ। खानपिनको कारण स्वास्थ्यमा केहि गडबडी आउनेछ। स्वअध्धनमा रुची बढ्नेछ।

मीन:
सम्मानजनक सम्झौता हुन सक्ने वातावरण देखिन्छ। आज तपाइको काममा समर्थन तथा सहयोग गर्ने ब्याक्ति प्रशस्त हुनेछन। परिवारको साथ् र सहयोगले गर्दा मन प्रशन्न रहनेछ।

आजको राशिफलले जे-जस्तो भनेपनि आज यहाँहरुको दिन सुख शान्ति र सफलता पुर्वक बितोस भनि कामना गर्दछौ .

टिपन टापन.com परिवार