२०६९ साल श्रावण छ गते आईतबार 05-Aug-2012,Sun



मेष (चू चे चो ला ली लु ले लो अ):
रमाइलो समय छइष्टमित्रसँग भेटघाट हुने दिन छ। सन्तानको पनि आवश्यक सहयोग मिल्नेछ ।


वृष (इ उ ए ‌ओ वा वी वु वे वो):
कृषिजन्य कार्यप्रति रुचि जागृत हुनेछ। अरुले गरेका कामको मूल्यांकन गर्न सहयोग पुर्याउनु पर्नेछ ।


मिथुन (का कि कु घ ङ छ के को हा) :
नयाँ कामको अवसर आउने समय छ। धातु तथा निर्माणका सामानको प्रयोग गर्दा निराश हुनुपर्ने छैन। भेटघाटको योग छ।


कर्कट (ही हु हे हो डा डि डु डे डो) :
अन्न वस्त्र आदि उपहारमा मन रमाउने छ । टाउको र आँखा सम्बन्धी रोगले दुःख दिनसक्छ। सचेत रहनु ।


सिंह (मा मि मू मे मो टा टी टु टे) :
धार्मिक एवं सामाजिक कार्यमा सहभागी बन्नु पर्ला ।मान प्रतिष्ठा वृद्धि हुने समय छ ।

कन्या (टो प पी पु ष ण ठ पे मो) :
शोक पीर चिन्ता आदि शमन हुनेछ। पारिवारिक सहयोगबाट महत्वपूर्ण काम सम्पन्न हुनेछ ।


तुला (र री रु रे रो ता ती तू ते) :
मिष्ठान्न भोजन प्राप्त हुने समय छ। दूरदेशबाट कुनै उपहार पुरस्कार आदि आउने छ ।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु) :
मनोरञ्जनको समय छ। इष्टमित्रबाट पनि रसरंगको लागि आवश्यक सहयोग मिल्नेछ ।


धनु (य यो भा भी भू ध फा ढ भे) :
शिक्षण पेशालाई ज्यादा नै महत्व दिनुहोला। तपाईंले लिएको यसै पैसा मार्फत उन्नति गर्न सकिने छ ।


मकर (जो जा जी खी खू खे खो गा गी)
मनमोहक समय आएको छ। एउटा न एउटा कामको कुरा त्यही नै तपाईंको लागि निर्णायक भूमिका रहनेछ ।


कुम्भ (गू गे गो सा सी सु से सो द):
मनोरञ्जनका साथसाथै भेटघाटको पनि समय छ। सामाजिक कामको लागि लगानी गर्ने समय यही हो जस्तो छ ।

मीन (दि दू थ भ ञ दे दो चा ची):
नयाँ कामको लागि योजना बन्नेछ। पारिवारिक सहयोगबाट राम्रो काम गर्न सकिनेछ भाग्योदयको समय छ ।


आजको राशिफलले जे-जस्तो भनेपनी यहाँहरुको दिन शुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ । 

टिपन टापन.com परिवार