न जुनको न घामको साथ सहि।
न जुनको न घामको साथ सहि।
न उनको न मेरो, बात सहि।
को भन्दा को कम हामि बिच,
न जितको न हारको, लाज सहि।
मलाई जस्तै दुख्यो रे उनिलाई,
न मन को न तनको, घात सहि।
धरातल एउटै को तल को माथि,
न मुलको न कुलको, जात सहि।
ढ्लायौ ब्यर्थ तिमिले मनको महल,
न घरको न घाटको, बास सहि।