काठमाण्डौबाट हिडेरै सगरमाथा चढ्दै नायक अर्जुन कार्की

नायक अर्जुन कार्कीले सगरमाथा चढ्ने तयारी गरेका छन् । काठमाण्डौको पशुपतिनाथबाट हिडेरै सगरमाथा चढ्ने तयारी उनले गरेका हुन् । पशुपतिनाथको पवित्र जलले भरिएको घडा, राष्ट्रिय झण्डा र चलचित्र कलाकार संघको झण्डा बोकेर उनले चैत्र ५ गतेबाट सगरमाथाको आरोहण थाल्ने बताइएको छ ।

-->

काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काले नायक कार्कीलाई कलाकार संघको झण्डा हस्तान्तरण गरेका थिए । अर्जुनले सगरमाथा आरोहणका लागि ४० लाख लाग्ने बताउँदै सबैबाट सहयोगको अपेक्षा पनि गरे ।कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्माता प्रदिप उदय, कलाकार कृष्ण मल्ल, निर्माता अशोक शर्मा, कलाकार संघका निवर्तमान अध्यक्ष रमेश बुढाथोकी लगायतका चलचित्रकर्मीले शुभकामना दिएका थिए ।नायक कार्कीले विश्व किर्तिमान कायम गर्ने उद्देश्यका साथ सगरमाथा चढ्न लागेको बताए । उनले आफ्नो टोलीमा ३५ जना रहने बताए । अर्जुनले आफु ‘बाल शोषण, महिला हिंसा यौन दुराचारले कलंकित भो मानव जाती रोकौ सद्व्यवहारले’ भन्ने नारा बोकेर सगरमाथा आरोहण गर्न लागेको बताए ।
चलचित्र ‘दिदी भाई’ मार्फत नेपाली रजतपटमा नायकको रुपमा उदाएका अर्जुनले डेढ दर्जन सिनेमामा अभिनय गरिसकेका छन् । उनी मार्सल आर्ट र रेसलिङका खेलाडी समेत हुन् ।