रहमानको निधनमा दुःख व्यक्त


काठमाडौं, चैत ८ - नेपालले बङ्गलादेशका राष्ट्रपति मोहम्मद जिल्लुर रहमानको निधन भएकोमा दुःख व्यक्त गरेको छ। राष्ट्रपति डा रामवरण यादवले कावा राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई शोकसन्देश पठाउँदै नेपाल सरकार र नेपाली जनता स्वयंका तर्फबाट बङ्गलादेशी जनता र सरकारलाई समवेदना दिएका हुन् ।

 
यसैगरी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानमन्त्री सेख हसिनालाई सन्देश पठाई नेपालले आफ्नो शुभचिन्तक र असल मित्र गुमाएको उल्लेख गरेका छन् । रासस