पर्वतको रानीपानीमा रेबिज रोगको प्रकोप
![]() |
पर्वत, चैत ७ – पर्वतको रानीपानी गाविसमा घरपालुवा पशुमा रेबिज रोगको प्रकोप फैलिएको छ । बहुला कुकुरले घरपालुवा पशु चौपायलाई टोकेपछि रेबिज रोग फैलिएको हो ।
बौलाह कुकुरको टोकाईबाट एक महिना यता दुई वटा भैंसी, दुई पाडा र एउटा गोरु रेबिजको संक्रमणका कारण मरेको स्थानीयले जानकारी दिएका छन् ।
एउटा बौलाहा कुकुर मारेको र बाँकी कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सिन दिएको जिल्ला पशु सेवा कार्यालय पर्वतका प्रमुख डाक्टर दीर्घनाथ ढुंगानाले बताउनुभयो ।
![]() |