सहरमा क्षयरोगीको संख्या बढ्यो
![]() |
६ चैत, काठमाण्डौं । गरिबको रोग ठानिने क्षयरोगको संक्रमण सहरी क्षेत्रमा बढ्न थालेको छ । सहरमा पछिल्लो समयमा व्यापाक बढ्दै गएको मधुमेहका कारण क्षयरोगको संक्रमण बढ्दै र्गको चिकित्सिकहरु बताउँछन् ।
जुनसुकै उमेर र समुदायका मानिसलाई यो रोग जनसुकै बेला लाग्नसक्छ । विशेषगरी ग्रामिण क्षेत्रमा १५ देखि ४० बर्षसम्मका व्यक्तिलाई यो समस्या बढी देखिने गरेको वरिष्ठ छातीरोग विशेषज्ञ डा. पुष्पा मल्लले बताइन् ।
‘अहिले सम्पन्न परिवारका सदस्य र वृद्ध वृद्धालाई पनि क्षयरोगको संक्रमण बढी देखिन थालेको छ,’ उनले भनिन् । निष्त्रिmय जीवनशैली, धुम्रपान, चिल्लो मदिरा र जंकफुडको प्रयोगले सहरमा रोगको संक्रमण बढेको विज्ञहरुको भनाई छ । चिकित्सकहरुका अनुसार यस्ता ‘रिस्क फ्याक्टर’ र बढ्दो आयुले पनि मधुमेहीको संख्या विस्तार हुँदै गएको छ । चिकित्सकहरुका अनुसार अधिकांश मधुमेहीलाई आफूमा मधुमेह भएको जानकारीसमेत नभएकोले रोगको जोखिम अझै बढी हुन्छ ।

पुरानो रोग भएपनि अहिलेसम्म पनि सहरमा क्षयरोगको समस्या कम देखिँदै आएको नागरिक दैनिकमा खबर छ । शिक्षित वर्गले झन् क्षयरोग लुकाउँदै आएका छन् । मानिसको जमघट हुने ठाउँमा क्षयरोग फैलिने जोखिम बढी हुन्छ । विज्ञहरुका अनुसार एकजनालाई क्षयरोग भएको थाहा पाएर मृत्यु हुने समयसम्म ग्रामीण क्षेत्रमा १० जना र सहरी क्षेत्रमा १५ जनालई संक्रमण सर्छ ।
![]() |