'नयाँ सरकार र चुनावी वातावरण कांग्रेसको जीत'
|
ध्रुव दंगाल, सिन्धुपाल्चोक, चैत ३- एमाओवादीको सर्वसत्तावादी सरकारलाई बर्हिगमन गरी मुलुकलाई संविधानसभाको निर्वाचनमा अग्रसर गराउनु पार्टीको जीत भएको निष्कर्षसहित १७ बुँदे नुवाकोट घोषणापत्र जारी गर्दै कांग्रेस महासमिति सदस्यहरुको भेला सकिएको छ।
चुनावी रणनीति तय गर्न आयोजित बाग्मती तथा दोलखा र रामेछाप गरी १० जिल्लाका महासमिति सदस्यहरुको तीन दिने प्रशिक्षण शनिबार बिदुरमा समापन गर्दै जारी घोषणापत्रमा एकिकृत माओवादी नेतृत्वको सरकार बहिर्गमनसँगै देश निर्वाचनतर्फ अग्रसर गराउनुलाई मुख्य उपलब्धिको रुपमा लिइएको छ। 'संविधानसभा निर्वाचनको बातावरण बन्दै जानु र नयाँ सरकार बन्नु विचारको विजय हो,' घोषणापत्रमा भनिएको छ।
लोकतन्त्र, संसदीय व्यवस्था र शक्ति पृथकीकरणको सिद्धान्तलाई वर्गदुश्मन ठान्नेहरु लोकतन्त्रकै आधारभूत बैशाखी समात्न आउनुलाई ठूलो उपलब्धी भएको ठहर घोषणापत्रमा गरिएको छ।
|




