थपिए ८ मन्त्री, मन्त्रिपरिषद्ले पूर्णता पायो
|
५ चैत, काठमाडौं । खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीहरूलार्इ शीतलनिवासमा अध्यक्ष रेग्मीले सपथ खुवाउनु भएको छ ।
नयाँमन्त्रीहरूमा माधव पौडेल, विद्याधर मल्लिक, रामकुमार श्रेष्ठ, उमाकान्त झा,शंकर कोइराला, टेकबहादुर धर्ती, छविराज पन्त र ऋद्धिबाबा प्रधान छन् ।
प्रधानले महिला बाललालिका र भूमिसुधार, रामकुमारले युवा तथा खेलकुद र शन्ति, शंकरले अर्थ, वाणिज्य र उद्योग, विद्याधरले स्थानीय विकास र स्वास्थ्य, माधवले सूचना र शिक्षा, झाले उर्जा, विज्ञान र सिचार, छविले भौतिक योजना र टेकबहादुरले कृषि तथा वन मन्त्रालयको जिम्मेबारी सम्हाल्नु भएको छ ।
आज मन्त्री सपथ लिएपछि लोकमानसिंह लगायतका व्यक्तिहरुको संवैधानिक निकायमा नियुक्ति मंगलबार हुने बुझिएको छ ।
एक मन्त्री, दुई मन्त्रालय
चुनावका लागि मात्रै काम गर्न अख्तियारी पाएको मन्त्रिपरिषद्को आकार मन्त्रालयको तुलनामा आधा कम छ, जसका कारण एक मन्त्रीले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने छ । नयाँ मन्त्रीहरुले हाल खिलराजले सम्हालिरहेका २२ वटा मन्त्रालयमध्येबाटै पाउने र बहालबाला मन्त्रीले सम्हालेका मन्त्रायलमा भने हेरफेर नहुने बताइएको छ । अहिले माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र तथा हरिप्रसाद न्यौपानेले कानुन र श्र्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । मन्त्रालयको भागबण्डाको जिम्मेवारी रेग्मीलाई नै दिइएको छ ।
|



