माओवादीमा महराको अगुवाईमा ‘कू’ को तयारी
![]() |
६ चैत, काठमाणडौ । हेटौंडा महाधिवेशनबाट निर्वाचित महासचिव पोष्टबहादुर बोगटीलाई ‘कू’ गर्ने तयारी भएपछि एमाओवादीभित्र खैलाबैला मच्चिएको छ ।
महाधिवेशन हलबाट निर्वाचित भएका महासचिव बोगटीलाई हटाएर महरालाई ल्याउने तयारी भइरहेको माओवादी उच्चस्रोतले जानकारी दियो । महाधिवेशनबाटै महासचिव बन्न प्रयत्नमा लागेका महरा बाबुराम पक्षको बिरोधपछि रोकिएका थिए । अहिले प्रचण्ड निकटका केही युवा नेताहरुलाई साथमा लिएर महराले बोगटीलाई कू गर्दै आफु स्थापित हुने प्रयास गरिरहेको मंगलबार प्रकाशित दृष्टि साप्ताहिकले छापेको छ ।
यो अभियानमा ठूलामा शक्ति बस्नेतदेखि सानामा युवराज चौलागाईंसम्मका नेताहरु लागिरहेका छन । भोलीदेखि सुरु हुन लागेको केन्द्रीय समितिअघि नै महरालाई महासचिवमा सुनिश्चीत गर्न लविङ भइरहेको बताइएको छ ।
महराले भागबण्डाका आधारमा पाउने सचिव पदमा टोपबहादुर रायमाझी वा गिरिराजमणि पोखरेलकै हैसियतमा बस्दिन भन्दै बखेडा झिकेपछि नयाँ खेल सुरु भएको हो । बोगटीलाई उपाध्यक्षमा लगेर महासचिवमा महरा ल्याउनुपर्ने लविङ गरिरहेको समूहको माग छ ।
महासचिव पद कार्यकारी प्रकृतिको भएकाले त्यसले भातृ संगठन चलाउनुपर्ने भएपनि बोगटी त्यसका लागि सक्षम नभएको उनीहरुको तर्क छ ।
तर पार्टीका अन्य दुई समूहप्रति असहिष्णु रहने, कहिले बैद्यसँग त कहिले प्रचण्डसँट टासिने इतिहास रहेको र चिनियाँसँग ५० लाख मागेको जस्ता बिबादित काण्डमा फसेका महरालाई बाबुराम लगायत नेताहरुले महासचिव हुन रोकेका थिए ।
![]() |