सिन्की बेचेर लखपति !
|
२४ फागुन, झापा । झापाको पाँचगाछीका किसान राजेन्द्र बास्कोटाले पोहोरभन्दा यो बर्ष दोब्बर सिन्की उत्पादन गरेका छन् । पोहोर १० कट्टा जग्गामा उनले उन्नत जातको मूला लगाएका थिए, जसबाट सात सय केजी सिन्की उत्पादन भएको थियो । उनले यो बर्ष भने डेढ विघा जमिनमा दुर्गा जाताको मूला लगाएका छन् ।
मूलासँगै सिन्की उत्पादन पनि बढ्ने उनको अपेक्षा छ । बेच्ने समय सुरु भइसकेकोले गाउँमा सिन्की बनाउने सुकाउने र बजारतर्फ लैजाने चटारो छ यतिबेला । ‘खपिनक्नु माग बढेपछि यो बर्ष डेढ विघा जमिनमा मूला लगाएँ,’ उनले भने,’हामीले बनाएको सिन्कीको माग भारतमा पनि बढ्दैछ ।’ राजेन्द्रले यो बर्ष एक हजार पाँच सय केजी सिन्की उत्पादन गर्ने लक्ष्य लिएका छन् । अघिल्लो बर्षको सिन्की बिक्रीबाट उनलाई एक लाख रुपैयाँ कमाई भएको थियो ।
पाँचगाछीका किसानले बनाएको सिन्की भारतको सिलिगुडी हुँदै सिक्किम, दार्जिलिङ, आसाम र कलकत्तासम्म पनि पुग्ने गरेको बिहीबारको अन्नपूर्णा पोष्टदैनिकमा खबर छ ।
-->
|



