कोरियामा दिलशोभालाई सम्मान
|
अशोक मैनाली,सोल, चैत्र ४- समाजसेवी दिलशोभा श्रेष्ठलाई दक्षिण कोरियामा सम्मान गरिएको छ। 'आमाको घर' नामक संस्था स्थापना गरेर १४ वर्षदेखि समाज सेवामा संलग्न रहेकी श्रेष्ठलाई आज एक भव्य कार्यक्रम गरी सम्मान तथा सहयोग गरीएको हो।
३० जना बालबालिका सहित १ सय वृद्धा आमालाई स्याहार गरीरहेकी दिलशोभाले आफूलाई कोरिया बोलाएर सम्मान गरेकोमा खुशी लागेको बताउँदै यसले झन् आफूलाई उत्साहित बनाएको बताइन्। सो अवसरमा उनले भावुक हुँदै अब आफूले अरुको लागि नै बाच्ने प्रण गरेको बताइन्। दिलशोभाले 'भिजन नेपाल नेटवर्क'को बिधिवत उद्घाटन गरिन्। बिश्वका बिभिन्न मुलुकहरुमा रहेका व्यक्तिहरू द्वारा नेपालका गरिव तथा टुहुरा बालबालिकाको पक्षमा काम गर्ने उदेश्य रहेको भनिएको उक्त संस्थाले निकट भबिष्यमा नै नेपालका दुर्गम क्षेत्रमा काम गर्ने अध्यक्ष बिन्दु (आस्था )मल्लले जानकारी दिइन्। वातावरण विज्ञान विषयमा बिध्यावारिधी गर्दै गरेकी मल्ल यस अघि कोरियामा रहेका नेपाली बिध्यार्थीहरूको साझा संस्था सोन्सिकको अध्यक्ष थिइन्।
दोङ्देमुन स्थित ग्याङ्दोङ चर्चमा कोरियाका लागी नेपाली राजदूत कमान सिङ्ं लामाको उपस्थितिमा सम्पन्न उक्त सम्मान कार्यक्रममा श्रेष्ठको संस्था 'आमाको घर 'लाई ६ लाख ५० हजार रुपैंया सहयोग समेत गरिएको छ। उक्त रकम कोरियामा रहेका बिभिन्न संघ संस्था र व्यक्तिहरुबाट संकलन गरिएको हो। वोमेन फर वोमेन ,भिजन नेपाल नेटवर्क र नेपालकोरिया न्युजले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा कोरियाबासी नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सो अवसरमा राजदूत लामाले यस्ता सामाजिक कामलाई दूतावासले प्रोत्साहन गर्ने बताउदै दिलशोभा सबैको आमा रहेको र उनीबाट सबैले सिक्नुपर्ने बताएका थिए।