शिवरात्रि मनाउन ३० लाख बजेट
![]() |
२१ फागुन, काठमाण्डौं । पशुपति क्षेत्र विकास कोषले यस पटकको महाशिवरात्री पर्वका लागि ३० लाख रुपैयाँ बजेट छुट्टयाएको छ । शिवरात्रि सम्पनन गर्न लाग्ने आवास, खाद्यान्न, निःशुल्क स्वास्थ्य शिविर, प्रचार प्रसार, बिजुली पानी, दक्षिणा/भेटीलगायतका शीर्षकमा कोषले यो बजेट विनियोजन गरेको हो ।
-->
यो वर्ष फागुन २७ गते शिवरात्रि परेको छ । स्वयमसेवकका लागि विभिन्न सामाजिक संघसंस्थाले दिएका आवेदनसमेत अध्ययन भइरहेको कोषाध्यक्ष नरोत्तम बैद्यले जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ । आवेदक संघसंस्थासँग सहकार्य गरी कोषले साधु/सन्त, महात्मा तथा भक्तजनलाई २६ र २७ गते अस्थायी आवास/भोजन तथा निःशुल्क उपचारको समेत व्यवस्था मिलाएको उनले जानकारी थिए ।
यो बर्ष शिवरात्रिको अवसरमा १० लाख दर्शनार्थी पशुपति मन्दिरको दर्शन गर्न आउने कोषको अनुमान छ ।
![]() |