नेपाल बाहिरका नेपाली
![]() |
परदेशको जीवन निकै व्यस्ततामा बित्छ। आफ्नो काम, अध्ययन एवं दैनिकीभन्दा पर सोच्ने फुर्सद कमैलाई मात्र हुन्छ। यद्यपि हङकङको जोडर् न बस्ने सञ्जय लिम्बूको मन भने आफ्नो गाउँघर र देशतिरै डुलिरहन्छ। जोर्डनस्थित मायाज हेयर एन्ड ब्युटी सैलुनमा हेयर स्पेसलिस्टका रूपमा काम गर्ने सञ्जय आफ्नो कमाइको केही अंश सामाजिक कार्यमा खर्चिरहेका छन्।
सञ्जय अविवाहित छन्। २४ वषर्ीय सञ्जयका अगाडि रहरको चाङ छ। तैपनि उनी आफ्ना रहरहरू पन्छाउँदै सेवाको काममा लम्किएका छन्। सञ्जयले उर्लाबारी, मोरङकी खुश्बु लिम्बू तथा धरानकी लक्ष्मी मगरलाई धर्मपुत्रीका रूपमा ग्रहण गरेर शिक्षादीक्षामा सहयोग पुर्याइरहेका छन्। 'आफ्नै छोरीजसरी हुर्काउन चाहन्छु' सञ्जयले भने, 'आफ्नै सन्तान नभए पनि उनीहरूसँग मेरो भावनात्मक सम्बन्ध छ।' आफू विदे शमा रहे पनि धरानमा आमाबाट जानकारी पाएपछि उनले ती बालिकालाई धर्मपुत्रीका रूपमा अँगालेका हुन्। कमजोर आर्थिक अवस्था भएका खुश्बु र लक्ष्मीले धरानको रामैै्र स्कुलमा अध्ययन गर्ने अवसर पाएका छन्। आवश्यकताअनुसार इच्छाहरू पूरा गर्न पाएका छन्।
सञ्जयले हङकङमा हेयर स्पेसलिस्टका रूपमा राम्रै चर्चा बटुलेका छन्। उनीसँग एकपटक सेवा लिएको हरेक व्यक्ति फेरि फर्केर आउँछन्। उनले काम गर्ने मायाज हेयर एन्ड ब्युटी सैलुनमा हङकङका मोडल, व्यापारी, कलाकारदेखि बैंक म्यानेजरसम्म नियमित रूपमा पुग्छन्। स्थानीय मिङपाउ डेली, मिङपाउ विक्लीले उनका बारेमा समाचार तथा लेख प्रकाशन गरेका छन्। बिहान सबेरै सुरु हुने उनको दैनिकीले अबेर राति ११ बजे विश्राम पाउँछ। यही रफ्तारबीच उनी आफ्नो देशका लागि केही गर्ने योजना बुन्छन्। गत महिना मात्र उनले रविभवनस्थित आमाको घरलाई झन्डै साढे २ लाख रुपैयाँबराबरको कपडा प्रदान गरे। सञ्जयले विगतमा पशुपति वृद्धाश्रम तथा माइती नेपाललाई पनि कपडा एवं खाद्यान्न सहयोग गरेका थिए।
सञ्जयको जस्तै फराकिलो सोच छ, 'ड्यासवन' उपनामले चिनिने कमल लामिछानेको। धावा, गोरखा स्थायी घर भएका कमल यतिबेला प|mान्समा बस्छन्। उनी कम्प्युटर सफ्टवेयर इन्जिनियर हुन्। सन् २००२ देखि नियमित रूपमा प|mान्स बसिरहेका कमल नेपालको सेवामा पनि उत्तिकै सक्रिय छन्।
कमल प|mान्सको बेथुनीमा आरामदायक जीवन बिताइरहेका छन्। कुनै चीजको कमी छैन उनलाई। तैपनि गरिबी,अशिक्षा, बन्द-हड्ताल, लोडसे डिङ एवं महँगीको मारमा पर्दै आएकोे आफ्नो देश नेपाल बसेर्नी आइपुग्छन् उनी। एक्लै होइन, आफ्ना विदेशी र केही नेपाली साथीहरू लिएर। देशका विकट गाउँ-गाउँ डुल्छन्। अधिकांश ठाउँ पुग्दा राम्रो विद्यालय भवन छैन, भए पनि जीर्ण अवस्थामा छन्, पुस्तकालय छैन, गरिबीले गर्दा बालबालिकाहरू विद्यालय जान नपाएका प्रशस्तै घटना भेटिन्छन्। यस्तो अवस्था देखेपछि उनको मन कुँडिन्छ। अहिले उनले तिनै विद्यार्थीहरू र विकट ठाउँका लागि सहयोग पुर्याइरहेका छन्।
कमलको सहयोगमा अहिलेसम्म धादिङ, रसुवा, चितवन, सिन्धुली, बर्दिया, गोर्खा जिल्लामा १५ वटा पुस्तकालय निर्माण भैसकेको छ। त्यति नै संख्यामा विद्यालय भवन एवं शौचालय निर्माण भएका छन्। निम्न आयस्रोत भएका १७ जना विद्यार्थीले उनकै सहयोगमा एसएलसीसम्मको अध्ययन पूरा गरे। कमललाई उनका साथीहरू केबी गुरुङ -बेल्जियम), रूपा महर्जन -अस्टे्रलिया), राज भण्डारी -हङकङ)ले पनि सहयोग पुर्याएका थिए। 'एक थुकी सुकी, सय थुकी नदी भनेझैं हामी सबैले रकम उठायौं।' उनले प|mान्सबाट स्काइपमा कुरा गर्दै भने, 'शिक्षा सबैका लागि अत्यावश्यक कुरा हो।' उनलाई सबैभन्दा मन छोएको घटना धादिङको बसेरीको रहेछ। नौ वर्षअघि बिदामा पुग्दा त्यो लेकमा स्याउलाले छाएको स्कुल देखे। त्यो झन्डै गाईको गोठजस्तो थियो। स्कुलको साइन बोर्ड र बेञ्च त टाढाको कुरा उक्त सानो कटेरो हावा हुरीले उडाउने खालको थियो। त्यसभित्र स-साना विद्यार्थीहरू पढिरहेका रहेछन्। 'एकदम माया लाग्यो,' उनले उक्त घटना स्मरण गर्दै भने, 'हामीले चकलेट दियौं।'
त्यसपछि कमल थुप्रै गाउँ पुगे। आफ्ना साथीहरूसँग घुम्दा उनले देखे, पहाडतिरका स्कुलमा समस्यै समस्या छ। राम्रो स्कुल भवन छैन, पुस्तकालय छैन। 'त्यहाँका विद्यार्थी पनि सहरका विद्यार्थीभन्दा कम नहुन् भन्ने लाग्यो।' उनले उत्साहित हुँदै थपे, 'एकदमै समस्या भएका विद्यालयको नोट गरेर फर्कियौं।' विदेश फर्किएपछि कमलले नेपाललाई मिस गर्न थाले। जहाँ पुगे पनि दुखेसो पोख्ने स्थानीय बासिन्दाहरू सम्भ “mदा उनलाई केही गरौं जस्तो लाग्न थाल्यो र आफ्ना साथीभाइ, रिटायर्ड भएका नेपालीहरू, प|mान्स, बेलायत, जापान, अमेरिका आदिका स्थानीय बासिन्दाहरूसँग आफ्नो देशको यस्तो अवस्थामा सुधार ल्याउन सहयोग माग्न थाले। मनैले चाहेपछि सहयोगी हातहरू आफै उठ्ने रहेछन्। सोचेभन्दा राम्रो सहयोग उठ्यो। अहिले पनि विकट ठाउँको स्कुल तथा पुस्तकालय निर्माणका लागि उनले आफ्नो समय खर्चिरहेका छन्।

यस क्रममा उनले तीतो अनुभूति पनि संगालेका छन्, 'धनीहरूले सहयोग नगर्ने रहेछन्। ठिक्क हुनेले मात्र गर्ने रहेछन्।' तर जस्तोसुकै परिस्थितिमा पनि कमल अघि बढिरहेका छन्। उनी संसारका झन्डै १ सय जति मुलुक घुमेका छन्। जहाँ पुग्छन्, आफ्नो देशको सेवा पर्छन्। आगामी दिनमा गरिब विद्यार्थीलाई नुन, तेल, कपडा र स्टेसनरी सहयोग गर्ने उनको सोचले इमेल लेख्न सदरमुकाम आएको खबर सुनेपछि थप ऊर्जा पाउँछ। 'आफ्नो देशका लागि गर्ने भनेको हामी युवाहरूले नै हो।' कमलले बताए।
आफ्ना अत्यन्तै मिलनसार साथी लीलासिंह पुनलाई गुमाएपछि बेलायतमा रहेका विक्रम लिम्बू, हेमन्त गुरुङ, प्रयास गुरुङ तथा रस्सा गुरुङले उनकै सम्झनामा लीला स्मृति कोष खडा गरेका छन्। हरेक महिना १० पाउन्ड बचत गर्ने र त्यसबाट उठेको रकम गरिब तथा मेधावी छात्रछात्राको उच्च शिक्षामा खर्चिने सोचले उनीहरू संगठित भएका हुन्। हालै मात्र काठमाडौंमा रहेका साथी प्रमोद न्यौपानेलाई उनीहरूले २६, हजार ४१७ रुपैयाँ प्रदान गरिसकेका छन्। 'यो काममार्फत पि्रय साथीको सम्झना ताजा रहनेछ।' स्काइप कुराकानीमा उनीहरूले सुनाए।
न्युजिल्यान्डमा रहेका राज महर्जन अर्बान पोलिसी प्लानरका रूपमा कार्यरत छन्। सन् २००८ देखि उनी ओक्लान काउन्सिलमा संलग्न छन्। व्यस्त दैनिकीबीच उनले स्वदेशका लागि समय छुट्याएकाछन्। हेल्प नेपाल नेटवर्कका लागि न्युजिल्यान्ड संयोजक राजले सन् २०११ मा म्याराथुनको आयोजना गरी ९० हजार रुपैयाँ पठाएका थिए।
यसबीच उनले समता स्कुलका लागि सहयोग जुटाउन पनि मेहनत गरेका थिए। स्वदेशकै सेवाका लागि विभिन्न च्यारिटी शो गरेर बटुलेको रकम उनले नेपाल पठाउने गरेका छन्। उक्त कामका लागि न्युजिल्यान्डकै अस्पतालमा सिनियर फार्मेसिस्ट राजकी श्रीमति रानु ताम्राकारले पनि साथ दिइरहेकी छिन्। केही साताअघि मात्र राजले साथीहरू अशोक श्रेष्ठ तथा श्रीधर बस्नेतको सहयोगमा ५० हजार उठाएर हेल्प नेपाल नेटवर्कलाई प्रदान गरेका छन्। 'मेरो कामले कोही खुसी हुन्छ भने म स्वदेशको सेवा गर्छु। न्युजिल्यान्डबाट फोनमा कुराकानी गर्दै उनले सुनाए, 'इच्छा भए समय निकाल्न सकिँदो रहेछ। मलाई यो कामबाट सन्तुष्टि मिलिरहेको छ।'