अर्थ मन्त्रालयका उपसचिबको टेम्पोको डण्डीमा ठोक्किएर मृत्यु

 चैत ६ - अर्थ मन्त्रालयका उपसचिव ज्ञानराज श्रेष्ठ, ५५ को टेम्पोको झ्यालको डण्डीमा टाउको ठोकिएर मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३४ पुरानो बानेश्वर बस्ने उनी रत्नपार्कदेखि बा.१ ह ३६५१ नम्बरको सफा टेम्पोमा सिनामङ्गल जादै गर्दा ज्ञानेश्वर चोकमा टेम्बोको डण्डीमा ठोकिएर लडेका थिए।





 रातोपुल नपुग्दै अचानक सो टेम्पोको झ्यालको डण्डीमा टाउको ठोक्किएपछि उनी बेहोस भइ ढलेका थिए। उनीसँगै टेम्पोमा यात्रा गरिरहेका महाराजगंज बस्ने १७ बर्षीया प्रियका ढुङगेल र १७ बर्षीया सुमेरु प्रधानले श्रेष्ठलाई ज्ञानेश्वर मोडमा रहेको मेडिकल पसलमा लगी थप उपचार गराएका थिए। त्यसपछि पनि उनको स्वास्थ्यमा सुधार नदेखिएपछि लगत्तै नोवेल अस्पतालको बा.६ च ३८६० नम्वरको गाडीमा वइलकेयर अस्पताल रातोपुल पुर्या एका थिए। त्यहाँबाट आफन्तहरुले थप उपचारको लागि नर्भिक अस्पताल थापाथली लगेकोमा उनको त्यहीँ मृत्यु भएको थियो।
टेम्पो चालक जोरपाटी बस्ने काभ्रे जिल्ला घर भएका ३० बर्षीय अशोक तामाङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।