प्रहरी कार्यालय अगाडि नै 'नागरिक'को गाडी तोडफोड

प्रहरी कार्यालय अगाडि नै 'नागरिक'को गाडी तोडफोड


'गाडी तोडफोडमा भएकोमा क्षमा माग्छु'
मिथिलेश यादव, लहान, फागुन २४ - संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा गरिएको नेपाल बन्दको क्रममा बन्दकार्ताले पत्रिका पुर्या२उन जनकपुरतर्फ गइरहेको नागरिक दैनिक र रिपब्लिका पत्रिका बोकेको को१च ५९२८ नम्वरको गाडी मिर्चैयामा तोडफोड गरेको छ । इलाका प्रहरी कार्यालयको पूर्वतिर ६/७ जना मोटरसाईकलमा चढेर आएका समूहले गाडि रोकि तोडफोड गरेको थियो ।
-->



आन्दोलनमा मधेशी जनअधिकार फोरम नेपाल, मधेश समाजवादी पार्टी लगायतका सात दल सहभागी छन्। नागरिकको गाडी तोडफोडमा शरदसिंह भण्डारी नेतृत्वको मधेश समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमका कार्यकर्ता सहभागी रहेको बताइएको छ।
गाडीमा रहेको नेपाल रिपब्लीक मिडियाको प्रकाशन नागरिक र रिपब्लीका दैनिक सडकमा फ्याँकेर लठि र ढुङ्गा प्रहार गरि गाडी तोडफोड गरेको चालक बसन्तले बताए। एक्कासी गाडी रोक्न लगाए र रोक्ने बत्तिकै कोही पत्रिका फ्याँक्न थाले कोही गाडीमाथि प्रहार गर्न थाले चालक बसन्तले भने।
इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुवेदीका अनुसार तोडफोडमा संलग्न रहेको शंकामा चारजनालाई नियन्त्रणमा लिइएको छ।बन्दकर्ताको आक्रमणबाट गाडीको अगाडिको सिसा पुरै क्षति भएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयामा घटनाको जाहेर गरेर गाडी प्रहरी स्कर्टिङमा पौने दश बजे पत्रिका पुर्यालउन जनकपुरतर्फ लागको छ ।
नागरिकको गाडीमाथि भएको आक्रमण स्वतान्त्र प्रेस माथिको आक्रमण भएको भन्दै नेपाल पत्रकार महासंघ सिरहाले भर्त्सना गरेको छ। यहाँ स्थित दुइ दर्जन अधिकारवादी संघसंस्थाको सञ्जाल अध्यक्ष सुनिल कुमार साहले नागरिक पत्रिकाको गाडी तोडफोडको घटना निन्दनीय र भत्सर्ना योग्य भएको बताएका छन्। घटनामा संलग्नलाई पक्राउ गरि कारबाही अगाडि बढाउन समेत संजालले प्रहरीसँग माग गरेको छ।
नागरिकको गाडी तोडफोड घटनाको नेपाल उद्योग वाणिज्य संघ सिरहाले समेत भर्त्सना गरेको छ।
मधेशी जनअधिकार फोरम नेपालका सिरहा अध्यक्ष किशोरी यादवले भने, 'हाम्रो कार्यकर्ता तोडफोडमा सहभागी भए नभएपनि दु:खद घटना भएकोमा म क्षमा माग्छु।' केही उछृंखल युवाहरुले नागरिकको गाडी तोडफोड गरेको उनको भनाइ थियो।