२८४९ औ सोनाम डुल ल्होछार सास्कृतिक कार्यक्रम कतारमा भब्यताको साथ् सम्पन्न


नेपाल प्रबासी तामांग समाज कतारले तामांग जातिहरुको महान पर्ब अर्थात नया बर्ष २८४९ औ सोनाम ल्होछार दोहामा भब्य रूपमा सम्पन्न भएको छ | डुक (गरुड) बर्षलाई बिदाइ गरि डुल (सर्प) बर्षलाइ स्वागत गरिको थियो | कार्यक्रम दोहा कतारको गल्फ प्याराडाइस होटेलमा गरिएको थियो |

नेपाली दुतावासका कार्यबाहक राजदुत रिसि राम घिमिरेको प्रमुख आतिथ्यमा सभापति नेपाल प्रबासी तामांग समाज कतारका अदक्ष्य संख लाल तामांग, लामा गुरु थर्च लामाले ल्होछार सास्कृतिक कार्यक्रमको उत्घाटन गरिएको थियो |

बिशेस अतिथीहरु नेपालबाट आउनु भएका नेपाल तामांग घेदुंगका सचिब तथा छार गोंमा मासिक पत्रिकाका प्रधान सम्पादक श्री प्रतिक तामांग त्यस्तै गरी नेपाल प्रबासी तामांग समाज कतारका लामा प्रमुख गुरु थर्च लामा तामांग र जनजाती महासंग कतारका अदक्ष्य बिनेश कुमार तामांग, NRN NCC Qatar  का अदक्ष्य अमृत गुरुङ साथै अरु अतिथीहरुमा विभिन्न मिडियाका पत्रकारहरु, सामाजिक संघ संस्थाका प्रतिनिधी तथा ब्याबसायीहरु र दोहाबासी उलेख्य नेपालीहरुको उत्साहपूर्ण सहभागी थियो |

कार्यक्रम संचालन कुमार मोक्तान र सुमन वाइबा तामांगले गर्नु भएको थियो | महिला बिभाग प्रमुख मिना थिन तामांग ले स्वागत मन्तब्य राख्नु भएको थियो भने ल्होछार सास्कृतिक कार्यक्रमका संयोजक श्री माइला वाइबा तामांग ले सबै उपस्थित अनुपस्थित अतिथीहरु, कार्यक्रमको प्रायोजकहरु, कलाकारहरु, सस्थाका सम्पूर्ण सदस्यहरु, उपस्थित दर्शक महानुभाबहरु र यस कार्यक्रमलाई नेपालबाट रेडियोबाट प्रत्यक्ष्य प्रशारण गर्नु हुने रेडियो लोकतान्त्रिक ८९.४ मेघा हर्जलाइ र यो कार्यलाई सफल बनाउन बिशेष भूमिका खेल्नु हुने नेपाल प्रबासी तामांग समाज कतारका मुख्य सल्लाहकार सुक बहादुर तामांग ज्यु र लामा गुरु थर्च लामा ज्युलाई बिशेष धन्यबाद ज्ञापन गरिएको थियो |

लामा गुरु थर्च लामा तामांग ले ल्होछारको विशेषताको बारेमा र ल्हो खोरको बारेमा बिस्तृत जानकारी दर्शकहरुलाई दिनु भएको थियो |

प्रमुख अतिथी नेपाली दुतावासका कार्यबाहक राजदुत रिसि राम घिमिरे त्यस्तै गरि नेपाल बाट आउनु भएको बिशेष अतिथी नेपाल तामांग घेदुंगका सचिब प्रतिक तामांग, जनजाती महासंघ कतारका अदक्ष्य बिनेश तामांग र NRN NCC Qatar  का अदक्ष्य अमृत गुरुङ ले आफ्नो तर्फ बाट र सस्थागत तर्फ बाट ल्होछारको सुभकामना मन्तब्य दिनु भएको थियो | सबैको बिचार उही थियो कि हामी नेपालीहरु जहाँ गए पनि जहाँ रहे पनि हामीले हाम्रो पहिचान, सस्कार, सस्कृति र चाडपर्ब हरुलाई मनाइ रहनु पर्दछ, बचाई राख्नु पर्दछ, संरक्षण गर्नु पर्दछ, प्रबर्धन गर्नु पर्दछ | बिबिधता माथि एकतानै हामी सबै नेपालीहरुको चिनारी हो | नेपाल प्रबासी तामांग समाज कतारले बिगत देखि अहिले सम्मा गर्दै आइरहेको ल्होछार कार्यक्रम बिशेष रहेको अवगत गराउनु भयो | तामांगहरु सस्कृतिक रूपमा धनी भएकैले बिश्व भरि तामांग सेलो, म्हेंदोमाया, डम्फु नाच, माने नाच प्रख्यात रहेको कुरा पनि मन्तब्य क्रममा राखिएको थियो | जसरी यी सस्क्रितिहरु प्रमुख अनि प्रख्यात छन् त्यसै गरी तामांगहरुले आफ्नो हक अधिकारको लागि पनि अग्रसर भैरहनु पर्ने धारणा राख्नु भएको थियो | यो कुरालाई दर्शकहरुले ताली बजाएर समर्थन जनाएका थिए |

नेपालबाट आउनु भएका अतिथि कलाकारहरु जमुना योन्जन र सागर वाइबा ले कर्ण प्रिय गीतहरु गाएर दर्शकहरुलाई भब्य मनोरंजन दिएका थिए | सबै दर्शकहरु कम्मर मर्काइ मर्काइ, डम्फु बजाई बजाई संगसंगै नाचेका थिए | झन् सागर वाइबाको म्हेंदोमाया गीत गाउदा धेरै दर्शकहरु लामबद्ध भएर नाचेका थिए | म्हेंदोमायाका संरक्षक अनि प्रबर्दक को रूपमा उभिएका सगार आफ्नो नाम जस्तै म्हेंदोमाया लाइ विश्व भरी चिनाउने लक्ष्य लिएको कुरा दर्शक माझ राख्नु भयो | आफ्नो पहिले विदेश सांगीतिक यात्रा कतार नेपाल प्रबासी तामांग समाज कतारलाई उहाले मंच बाटै हृदयाभरिको आभार ब्यक्त गर्नु भयो र आफ्नो लक्ष्यको जरा यहा रोपी भोली बिश्व भर फैलाउने इछ्या रहेको कुरा पनि जानकारी दिनु भयो |

त्यस्तै गरि गायिका जमुना योन्जन ले सेलो तथा आफ्नो अल्बमको चर्चित गीतहरु गएर दर्शकलाई निक्कै मनोरंजन दिनु भएको थियो | दर्शकहरु उहाकै वरिपरी झुमियेर संगै नाचेका थिए भने मंच अघि पनि उसैगरी सबै दर्शकहरु कम्मर मर्काइ मर्काइ नाचेका थिए | समग्रमा भन्नु पर्दा दुवै गायक अनि गायिकाले दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए |

दोहाका बिशेष त नेपाल प्रबासी तामांग समाजका कलाकारहरुको बेजोड प्रस्तुति अनि अभिनय आकर्षणको केन्द्र बिन्दु थियो | कलाकारहरुको बडो जोशको साथ् प्रस्तुतिहरूले ल्होछार कार्यक्रम हर्सो उल्लासमय बातावरण बनेको थियो | बिभिन्न झाकी, लामा नाच, बोन्पो नाच, माने नाच, दम्फुरे नाच, मिठास स्वरका धनिहरुको गायन, नाटक, साहित्यिक प्रस्तुतिहरूले ल्होछार कार्यक्रम सप्त रंगी इन्द्रेणी झैँ रंगिन थियो |

अन्तमा ल्होछार कार्यक्रमका सभापति अर्थात् नेपाल प्रबासी तामांग समाज कतारका अदक्ष्य संख लाल तामांगले सबै उपस्थित प्रमुख अतिथी, बिशेष अतिथीहरु, अतिथीहरु लगाएत लामा गुरु, सहभागी दोहाबासी नेपालीहरु बिसेष त तामांग हरु र यस कार्यक्रमलाई सफल पर्न उल्लेख्य भूमिका खेल्नु हुने तमाम महानुभाव लाइ मंच बाटै हार्दिक धन्यबाद टक्र्याउनु भयो | यस पालिको ल्होछार झैँ आगामी दिन हरुमा पनि यसरी नै सहयोग पाउनेमा सस्था बिस्वस्त रहेको कुराको पनि अवगत गराउनु भयो |

ल्हास्सो फ्याफुल्ला !!! ल्होछारलाई ज्यबाडान्बा !!! रिपोर्टिंग : रोशन दोंग तामांग