शिवरात्रिमा पशुपतिनाथ परिसरभित्र नागा बाबालाई मात्र बस्न दिइने
![]() |
काठमाडौं, फागुन २-महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबाबाहेक अन्य सन्त र जोगीहरूलाई बस्न निषेध गरिने भएको छ। शिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा प्लास्टिक झोलाबाट खाना तथा खाद्यसामग्री ओसारपसार गर्न रोक लगाइने भएको छ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत गठित सरसफाइ तथा जुत्ताचप्पल व्यवस्था उप-समितिका संयोजक प्रवेशराम भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले शिवरात्रि अवधिभर बागमती नदी र आसपासको क्षेत्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका तथा स्वयंसेवकहरूबाट सरसफाइ कार्य गराउने निर्णय गरेको छ।
उपसमितिले जुत्ता चप्पलका लागि तीनवटा स्टलको व्यवस्था गर्ने भएको छ। पशुपतिनाथ क्षेत्रमा प्लास्टिक झोलाबाट खाना तथा खाद्यसामग्री ओसारपसार गर्न रोक लगाउने निर्णयसमेत बैठकले गरेको छ।
बैठकले यसपटक घुम्ती शौचालय सञ्चालन गर्ने निर्णय गरेको संयोजक भण्डारीले जानकारी दिए। रासस
![]() |