कतारमा पनि देखाउन छोडिनन् शोभिताले (फोटो फिचरसहित)
![]() |
नायिका शोभिता सिंखडा कतारमा रहेर पनि आफ्नो अभिनय गर्ने चाहनालाई मर्न दिएकी छैनन् । सिनेमा भन्दा पनि म्युजिक भिडियोमा शोभिता काम गर्न व्यस्त छिन् । हालै मात्र उनले ‘रिसर्च’ एल्बममा समावेश ‘समाएर तिमीले तिमीले छोड्यौ हात’ बोलको गीतमा अभिनय गरेकी छिन् ।
-->
उनको साथमा भिडियोमा भानु शर्मा र बिष्णु कार्कीले अभिनय गरेका छन् । यो भिडियोको छायांकन कतारको मरुभूमी र समुन्द्रको किनारमा गरिएको छ । भबिन्द्र तामाङले निर्देशन गरेको भिडियोलाई बसन्त राइले छायांकन गरेका हुन् ।


![]() |